logo

आशाराम अस्पतालमा दुर्लभ प्रकारको रोग (ग्यास्ट्रोकाइशिस) को सफल अपरेशन 

      12/13/2017 गते 00 00 मा प्रकाशित     2014   पटक पढिएको

वीरगन्ज, २७ मंसिर । वीरगन्जको पानी टंकीमा रहेको आशाराम अस्पतालमा एउटा नवजात शिशुमा देखा परेको अनौठो तथा दुर्लभ प्रकारको रोगको सफल शल्यक्रिया गरिएको छ । लाखौं मध्यमा एकजनामा देखा पर्ने त्यस्तो खालको दुर्लभ (ग्यास्ट्रोकाईशिस) रोगको सफल शल्यक्रिया गरेको हो ।

रौतहटको चन्द्रपुर अस्पतालमा सबरा खातुनले जन्म दिएको शिशुको आशाराम अस्पतालका सर्जन सहितका पाँचजना डाक्टरहरुको समूहले जन्मिएको २ घण्टा ३० मिनेटको नवजात शिशुलाई चार घण्टाको निरन्तर प्रयासपछि सफल शल्यक्रिया गरिएको डा.दासले जानकारी दिए ।

अपरेशन गरिएको शिशुको अस्पतालका डा.अलिसा दासको संरक्षणमा अति सघन उपचार कक्ष (एनआईसियु) मा राखेर उपचार भईरहेको छ । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा.दासले बताए । उनले भने, “ग्यास्ट्रोकाईशिस रोग भएको शिशु जन्मिएपछि उनका अभिभावक निकै चिन्तित बनेका उनीहरु काठमाडौ लानुपर्ने भएपछि निकै दुखी भएका थिए ।

जन्मिएको अढाई घण्टाको शिशुलाई चपुरबाट वीरगन्जमा ल्याएर निरन्तर चार घण्टाको प्रयासपछि सफल अपरेशन ग¥यौं ।” जन्मजात शिशुमा देखापर्ने ग्यास्ट्रोकाईशिस रोग शरिरको भित्री भागका अंगहरु सबै बाहिरपट्टी नै बस्ने गरेको हुन्छ ।

शिशु रोग विशेषज्ञ तथा आशाराम अस्पतालका संचालक डा.अशोक दासका अनुसार पेटलाई ढाक्ने बाहिरी भाग नहुने र खुला हुने तथा भित्री भागहरु (आँतहरु) बाहिर नै हुने यस्तो खालको रोग गर्भमा रहेको बच्चा विकसित भई नसकेको जस्तो देखिन्छ ।

यसमा हावा लाग्ने बित्तिकै टाँसिने भएकोले निकै जोखिमयुक्त हुने हुन्छ । उनका अनुसार यस्तो खालको रोगमा बच्चाको शरिरका सबै अंगहरु परिपक्व रुपमा विकसित नभईकन बाहिर नै रहिरन्छ ।

उनी बंगलादेश हुँदा २÷३ वटा यस्तो रोग देखेको र यो लाखौंमा एकजनामा हुने रोग भएको बताए । खासगरी नजिकको नाता सम्बन्धमा विवाह गर्ने दम्पत्तीहरुबाट यस्तो खालको शिशुको जन्म हुने गरेको पाईन्छ ।

त्यसबाहेक धुम्रपान, मदिरा सेवन गर्नेहरुमा पनि यस्तो खालको शिशु जन्मिन सक्ने बढी सम्भावना हुने बाल रोग विशेषज्ञ डा.दासको भनाई छ ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.