वीरगंज २ माघ ।
बीरगंजमा रहेको एडभान्स मेडिकल अस्पतालले फिरन्ते जीवन ब्यतित गर्दै आएकी एक महिलालाई निशुल्क प्रसुती सेवा उपलब्ध गराएको छ ।
तराईमा नेटुवा जाती भनेर चिनीने फिरन्ते जातीकी महिलालाई अस्पतालले यस्तो सेवा उपलब्ध गराएको हो । तीन दिन अगाडि अस्पताल अगाडि प्रसव पीडा भएको अवस्थामा भेटिएकी ति महिलालाई अस्पतालले भर्ना गरेको अस्पतालका प्रशासकीय अधिकृत अरविन्द त्रिपाठीले बताए ।
अस्पतालको अभिलेखमा श्रीदेवी कोडरीन भारत बिहार राज्यको दरभंगा जिल्ला पूर्वा चैनपुर गाउँ स्थायी ठेगना भनेर उल्लेख छ । उनले दुईवटा बच्चालाई जन्म दिएको अस्पतालले जनायो ।
नवजात शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालको अति सघन उपचार कक्षमा उपचार पछि नवजात शिशु र आमा आफनो स्थानमा फर्किएको अस्पतालले जनायो ।
सामाजिक उत्तरदायित्वको क्षेत्रमा योगदान पु¥याउदै अस्पतालले सेवा उपलब्ध गराएको हो । गरिव दिन दुःखीको उपचारमा अस्पतालले आफनो तर्फबाट योगदान दिदै आएको छ ।
नागरिक स्वास्थ्य प्रति जिम्मेवार र जवाफदेही निर्वाह गर्दै आएको एएमसी अस्पतालको यो सेवाले दुई नवजात शिशु र आमाले गुणस्तरीय स्वास्थ्य सेवा पाएका छन ।
तपाईको प्रतिक्रिया