बीरगंज १० माघ ।
बीरगंज महानगरको वडा नं १९ को लक्ष्मीनारायण टोलमा सुविधा सम्पन्न आखाँ अस्पताल संचालनमा आएको छ । सुविधा सम्पन्न अस्पतालको आज एक समारोहवीच पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले उद्धघाटन गरे ।
अस्पतालको उद्धघाटनको क्रममा निःशुल्क आँखा परिक्षण गरिएको थियो । निःशुल्क आँखा परिक्षण कार्यक्रममा ५० जना भन्दा बद्धि बृद्धबृद्धाहरुले निःशुल्क सेवा लिएका थिए ।
नेपाल भिजन केयर अस्पताल प्रा.ली को उद्धघाटन डा.कमल बहादुर खड्काको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अस्पताल कोलागि जग्गादिने दाता विध्याञ्चल डङ्गोल लाई प्रमुख जिल्ला अधिकारी सिंहले अबिर माला लगाई दोसल्ला ओढाई कदर–पत्र दि सम्मानीत गरेका थिए ।
कार्यक्रममा डा.कमल बहादुर खड्का, पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, नेपाल पत्रकार महासंघ पर्सा शाखाका श्याम बन्जारा, जिल्ला प्रहरी पर्सा का प्रहरी उपरिक्षक डा.गणेश रेग्मी, वडा प्रहरी कार्यालय प्रहरी निरिक्षक अनिष कर्ण, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उद्धघाटन कार्यक्रममा सहभागीता रहेको थियो ।
तपाईको प्रतिक्रिया