logo

मृगौला पीडित थारुको उपचारकोलागि सहयोग रकम उठदै 

      2/3/2018 गते 00 00 मा प्रकाशित     1360   पटक पढिएको

बीरगंज २० माघ । मृगौलाको खरावीका कारण समस्या झेल्दै आएका पर्साको जिराभवानी गाउँपालिका सेढवाका जयनारायण चौधरी थारुको उपचारको लागि आज वीरगंज महानगरपालिका वडा नं. २३ सवैठवा टोलमा चन्दा संकलन गरिएको छ ।

 

सवैठवाका स्थानीय युवा समाजिक कार्यकर्ता अनिशकान्त कुशवाहाको अगुवाईमा १० हजार एक सय ७७ रुपैया चन्दा संकलन गरिएको हो ।

 

चन्दा संकलनमा समाजिक अभियन्ता प्रकाश थारुको सहभागिता रहेको थियो । 
 पर्साको जिराभवानी गाँउपालिका वडा नं. २ सेढवा का २२ बर्षिय चौधरीको दुईटै मृगौला फेल रहेको र हाल उनको काठमाडौंमा उपचार भईरहेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए  ।

 

मृगौला प्रत्यारोपण गर्न करिब ८ लाख रुपैया खर्च हुने र चौधरीको आर्थिक स्थिति कमजोर रहेकोले चन्दा संकलन गर्न लागिएको थारुले बताए  ।

 

बिभिन्न दाताहरुबाट प्राप्त सहयोगले हाल चौधरीको काठमाडौंमा उपचार भईरहको जानकारी दिदै थप उपचारमा सहयोग गर्न अभियन्ता थारुले सवैलाई आग्रह समेत गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.