logo

बाराको प्रसौनी गाँउपालिका पुर्ण खोपयुक्त घोष्णा

      2/9/2018 गते 00 00 मा प्रकाशित     1602   पटक पढिएको

कलैया २६ माघ । बाराको प्रसौनी गाउँपालिकालाई शुक्रवार एक भब्य समारोहका वीच पूर्णखोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका भित्र रहेका सबै वालवालिकाहरु आवश्यक खोपको पहुचमा पुगेपछि खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो । 

 


  “स्थानीय स्वामित्व र सहभागिता,पुर्ण खोप सुनिश्चिता हाम्रो प्रबिद्धता” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा जिल्ला खोप समितिका अध्यक्ष नवलबिशोर सिहंले गाउँपालिकालाई पूर्ण खोप युक्त गाउँपालिका घोषणा गरेका थिए ।

 

घोषणा कार्यक्रममा जिल्ला खोप समितिका अध्यक्ष सिहंले गाउपालिकाका अध्यक्ष भोला प्रसाद गुप्तालाई पुर्ण खोप युक्त गाउँपालिकाको प्रमाण पत्र दिएर पुर्ण खोप युक्त गाउपालिका भएको घोषणा गरेका हुन् । जिल्ला जनस्वास्थ्यका खोप अधिकृत सुनिल कुमार श्रीवास्तवले बारामा ५ सय ६ ओटा खोप केन्द्र रहेको जहाँबाट १८ हजार शिशुलाई खोप दिदै आएको जानकारी दिए ।

 

जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख डाक्टर रोश्नलाल चौधरीले सम्पुर्ण मापदण्ड पुरा गरेपछि गाउँपालिकालाई पुर्ण खोप युक्त गाउँपालिका घोषणा गरिएको बताए  । गाँउपालिका अध्यक्ष भोला गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

पर्सागढीका तीन जना लागु औषध गाँजा सहित पक्राउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ झबराहाका २९ वर्षिय पंचलाल माझी,२१ वर्षिय मुकेश माझी र ४४ वर्षिय सुनिल बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.