logo

मधुमेहका रोगीले केरा खान हुन्छ?

      3/20/2018 गते 00 00 मा प्रकाशित     1799   पटक पढिएको

सामान्यतः केरा स्वास्थ्यका लागि उपयोगी फल मानिन्छ। तर, यसमा हुने चिनीको मात्राका कारण मधुमेहका बिरामी खान डराउँछन्। किनभने, मधुमेहका बिरामीले खानपान नियन्त्रण गरेर ब्लड सुगरको मात्रालाई निरन्तर विचार पुर्‍याइरहनुपर्छ।

केरा पोटासियम, चिनी, फाइबर, भिटामिन बी ६, म्यागानिज, प्रोटिनजस्ता तत्वको खानी हो। तर, जब मधुमेहको कुरा आउँछ, केरामा भएको चिनीको मात्रा सबैभन्दा बढी बहसको विषय बन्छ। अर्थात् यसले शरीरमा चिनीको मात्र बढाइदिन्छ।

स्वस्थ मानिसमा त प्याङ्क्रियाजमा उत्पादन हुने इन्सुलिनले सुगरको मात्रा नियन्त्रण गर्छ। तर, मधुमेहका बिरामीमा प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न सक्दैन भने भएका इन्सुलिन पनि प्रयोग गर्न सक्दैन। त्यसैले चिनीको मात्रा भएका खाद्यपदार्थ उपयोग गर्दा शरीरमा भएको ब्लड सुगरको मात्रा बढ्छ। केरा खाँदा पनि निश्चय नै ब्लड सुगरको मात्रा बढ्छ। 

तर, केरामा डाइटरी फाइबर हुन्छ, जुन अलग प्रकारको कार्बोहाइड्रेट हो र यसले ब्लड सुगरको मात्रालाई नियन्त्रणगर्छ। एउटा मध्यम खालको केरामा ६ ग्राम स्टार्च हुन्छ। केरामा फाइबर हुने हुनाले चिनीका कारण हुने ब्लड सुगरको समस्यालाई फाइबरले पनि समाधान गर्छ। 

के केरा खानु मधुमेहका रोगीलाई सुरक्षित छ? 

मधुमेहका रोगीले केरा खानु सुरक्षित छ। तर, यसका लागि एक दिनमा कति कार्बोहाइड्रेट खाइन्छ, त्यसमा भर पर्छ। एउटा केरामा दुई पिस पाउरोटीको स्यान्डबीचमा जत्तिकै कार्बोहाइड्रेट हुन्छ। अर्कोतर्फ मधुमेह गराउन भूमिका खेल्ने उच्च रक्तचाप हुनबाट जोगाउने काम पनि केराले गर्छ। 

यसमा पाइने पोटासियम, भिटामिन बी ६ र डाइटरी फाइबरका कारण केरा कुनै पनि खाद्यपदार्थसँग खान सकिने असल फल मानिन्छ। यदि, कुनै पनि खानामा उच्च ग्लाइसेमिक इन्डेक्स छ भने मधुमेहका रोगीका लागि सिफारिस गरिँदैन। तर, केराको ग्लाइसेमिक इन्डेक्स ४९ हुन्छ। त्यसैले यतिसम्मको अवस्थामा मधुमेहका रोगीका लागि केरा खान उपयुक्त मानिन्छ। 

कस्तो केरा खाने? 

केरामा हुने सुगरको मात्रा घटाउन काँचो र आधा पाकेको खानु राम्रो हुन्छ। यो अवस्थामा केरामा स्टार्च मात्र हुन्छ, यही स्टार्च पछि सुगरमा परिवर्तन हुन्छ। यस्तो केरामा उच्च फाइबरको मात्रा हुन्छ भने सुगरको मात्रा कम हुन्छ।

सभार -स्वास्थ्य खवर डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.