बीरगंज २२ चैत ।
नेपाल रेडक्रस सोसाइटी पर्सा, अल्पाईन मा.वि.वीरगंजको संयुक्त आयोजना र श्रीपुर वडा प्रहरी कार्यालयको समन्वयमा एक दिने आधारभुत प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न भएको छ ।
अल्पाईन मा.वि.को सभाकक्षमा संचलित प्राथमिक उपचार तालिममा सड्क दुर्घटना, दैवी प्रकोप, घरायसी काम काज, काराखाना ईत्यादी कुनै समयमा हुन सक्ने दुर्घटनाको समयमा घाईते वा विरामीलाई सुरक्षित तरिकाले अस्पताल सम्म कसरी पुरुयाउने भन्ने बिषयमा जानकारी गराइएको थियो ।
श्रीपुर वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक कुमार मैनाली र नेपाल रेडक्रस सोसाइटी पर्साका सहायक एवं प्राथमिक उपचार प्रशिक्षक राजन कुमार श्रीवास्तवले विद्यार्थीहरुको मनमा रहेको जिज्ञासालाई प्रस्ट पार्ने कार्य गर्नुका साथै रक्तस्राव, हाँडभचाई, पटीको प्रकार, स्वास–प्रस्वासमा समस्या, पोलाई, घाईतेको ओसारपसार वारे अभ्यास समेत गराई विद्यार्थीहरुलाई रेडक्रसको वारेमा समेत जानकारी गराएका थिए ।
घरघरमा प्राथमिक उपचारको ज्ञान हुनु पर्ने, घटना जुन कुनै बेला जो सुकैसंग हुन सक्ने भएको र स्यानो स्यानो कराणले समेत मनुष्यको ज्यान समेत जान सक्ने भएकोले प्राथमिक उपचारको ज्ञान ठुलो स्यानो सबैलाई हुने पर्ने कुरामा प्रशिक्षकहरुले जोड दिएका थिए ।
तपाईको प्रतिक्रिया