logo

औषधी नहुदा वर्थिङ सेन्टर संचालनमा समस्या 

      4/18/2018 गते 00 00 मा प्रकाशित     2021   पटक पढिएको

बीरगंज ६  बैशाख । 
पर्साको धोनिवी गाउँपालिकाको भिखमपुरमा रहेको प्रथामिक स्वास्थ्य केन्द्रमा औषधीको अभाव हुदा स्वास्थ्य सेवा प्रभावित भएको छ । 


प्रथामिक स्वास्थ्य केन्द्रमा ५८ किसिमका औषधी उपलब्ध गराउने सरकारी नीति रहे  पनि भिखमपुरमा भने जीवनजल र सीटामोल समेत नरहेको बताइएको छ ।

 

एक महिना देखी औषधीको अभाव छ ।सुत्केरी महिलाहरुले खाने आइरन चक्की समेत नरहेको स्वास्थ्यकर्मीको भनाई छ । वर्थिङ सेन्टरकालागि चाहिने आवश्यक औषधी नभएर सेवा प्भावित भएको केन्द्का बरिष्ठ हेल्थ असिसटेण्ट संजय कुमार यादवले बताए ।

 

स्वास्थ्य केन्द्रमा त्यस क्षेत्रका पिपरा,बिजवनीया,जानकीटेला,जगरनाथपुर गुलरीया लगाएताका गाउँका दैनीक १ सयको हाराहारीमा सेवाग्राहीहरु उपचारकोलागि आउने गरेको उनले बताए ।

 

औषधी अभावमा उपचार नहुदा आफूहरुले सेवागहीबाट आली खानु परेको यादवको भनाई छ । औषधी अभावमा वर्थिङग् सेन्टरको सेवा बन्द रहेको अनमी बिना पौडेलले बताइन ।

 

उपचारको लागि आउने महिलाले सेवा नपाएपछि औषधी नभएको चाल पाएपछि आफूहरुलाई गाली गलौज गर्ने बसेर तलव खाएका छन भन्दै धम्की समेत दिने गरेको स्टाफ नर्स संगीता मानन्धरले बताइन ।

 

स्थानीय तह संचालनमा आएपछि औषधी खरिदको जिम्मेवारी पनि स्थानीय तहमै गएको छ । स्थानीय तहले कामको राम्रो मेसो नसमात्दा औषधीको खरिद हुन सकेको छैन । कतिपय स्थानमा स्थानीय तहले औषधी खरिद गर्नु पर्ने समेतको जानकारी लिन सकेका छैनन ।

 

धोवीनी गाउँपालिकाको स्वास्थ्य समितिका संयोजक भरत चौधरीले औषधीकालागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई लेखी पठाएको बताए । उनले गाउँपालिका कार्यालय समेतलाई जानकारी गराइएको बताउदै छिटै समसया समाधान हुने बताएका छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.