logo

नारायणी उपक्षेत्रीय अस्पतालमा भएको शुल्कबृद्धिको बिरोधमा आन्दोलनको घोषणा 

      4/25/2018 गते 00 00 मा प्रकाशित     2131   पटक पढिएको

बीरगंज १२ बैशाख । 

बीरगंजका सचेत युवाहरुको एउटा जमातको आज बीरगंजमा बसेको बैठकले नारयाणी उपक्षेत्रीय अस्पताल बिकास समितिले गरेको निर्णयका बिरुद्ध आन्दोलनको घोषणा गरेको छ । 

 

नारायणी उपक्षेत्रीय अस्पतालले आलै आफूले दिदे आएको सेवाको शुल्कमा बृद्धि गरेको छ ।

 

अस्पतालले गरेको शुल्कबृद्धि अब्यवहारिक र अबैज्ञानिक भएको भन्दै युवाहरु आन्दोलनमा उत्रिएका हुन । शुल्कबृद्धिको निर्णय फिर्ता लिन दवाव दिन युवाहरुले प्रदेश सरकारका स्वास्थ्यमंत्री,पर्साका स्थानीय प्रशासनीक निकायका प्रमेखहरु  अस्पताल बिकास समितिका अध्यक्ष समेतको ध्यानाकर्षण गराउदा समेत कुनै सुनवाई नभएको युवा समाजका अध्यक्ष कमल चौगाईले बताए । 

आम जनताको स्वास्थ्यको अधिकार नेपालको सम्बिधानले मौलीक हकको रुपमा सुनिश्चित गरेपनि सरकारले दिने स्वास्थ्य सेवामै धेरै शुल्क तिर्नु पर्दा ४७ प्रतिशित गरिवीको रेखामुनी रहेका मधेशका जनताको अवस्था झनै दर्दनाक हुने भएकोले आफूहरु आन्दोलनमा उत्रिनु परेको ओमप्काश सर्राफले बताए । 

 


युवाहरुले पुरानै शुल्कमा समेत कटौती हुनु पर्ने माग राखेका छन । नयाँ बढेको शुल्क हटाउनु पर्ने उनीहरुको माग गरेको छ । आफना मागहरु पुरा गराउनकालागि आन्दोलन बाहेकको बाटो नभएकोलेले आफूहरुले आन्दोलनको घोषणा गरेको बिद्यार्थी नेता शिवम साहले बताए । 

 


बैशाख १४ गते शुक्रवार  शुक्रबार प्ले कार्ड सहितको अस्पतालको मुल गेटमा प्रर्दशन र १६ गते,प्ले कार्ड सहित अस्पताल परिसरमा एक घण्टा धर्ना, दिने आन्दोलनको कार्यक्रम तय भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.