logo

नारायणी उपक्षेत्रीय अस्पतालमा भएको शुल्कबृद्धिको बिरोधमा आन्दोलनको घोषणा 

      4/25/2018 गते 00 00 मा प्रकाशित     2323   पटक पढिएको

बीरगंज १२ बैशाख । 

बीरगंजका सचेत युवाहरुको एउटा जमातको आज बीरगंजमा बसेको बैठकले नारयाणी उपक्षेत्रीय अस्पताल बिकास समितिले गरेको निर्णयका बिरुद्ध आन्दोलनको घोषणा गरेको छ । 

 

नारायणी उपक्षेत्रीय अस्पतालले आलै आफूले दिदे आएको सेवाको शुल्कमा बृद्धि गरेको छ ।

 

अस्पतालले गरेको शुल्कबृद्धि अब्यवहारिक र अबैज्ञानिक भएको भन्दै युवाहरु आन्दोलनमा उत्रिएका हुन । शुल्कबृद्धिको निर्णय फिर्ता लिन दवाव दिन युवाहरुले प्रदेश सरकारका स्वास्थ्यमंत्री,पर्साका स्थानीय प्रशासनीक निकायका प्रमेखहरु  अस्पताल बिकास समितिका अध्यक्ष समेतको ध्यानाकर्षण गराउदा समेत कुनै सुनवाई नभएको युवा समाजका अध्यक्ष कमल चौगाईले बताए । 

आम जनताको स्वास्थ्यको अधिकार नेपालको सम्बिधानले मौलीक हकको रुपमा सुनिश्चित गरेपनि सरकारले दिने स्वास्थ्य सेवामै धेरै शुल्क तिर्नु पर्दा ४७ प्रतिशित गरिवीको रेखामुनी रहेका मधेशका जनताको अवस्था झनै दर्दनाक हुने भएकोले आफूहरु आन्दोलनमा उत्रिनु परेको ओमप्काश सर्राफले बताए । 

 


युवाहरुले पुरानै शुल्कमा समेत कटौती हुनु पर्ने माग राखेका छन । नयाँ बढेको शुल्क हटाउनु पर्ने उनीहरुको माग गरेको छ । आफना मागहरु पुरा गराउनकालागि आन्दोलन बाहेकको बाटो नभएकोलेले आफूहरुले आन्दोलनको घोषणा गरेको बिद्यार्थी नेता शिवम साहले बताए । 

 


बैशाख १४ गते शुक्रवार  शुक्रबार प्ले कार्ड सहितको अस्पतालको मुल गेटमा प्रर्दशन र १६ गते,प्ले कार्ड सहित अस्पताल परिसरमा एक घण्टा धर्ना, दिने आन्दोलनको कार्यक्रम तय भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.