logo

ज्वानोका फाईदा

      12/17/2018 गते 00 00 मा प्रकाशित     2481   पटक पढिएको

 


 खाना अपच हुने, अपचकै कारण छातीसम्म पोले जस्तो हुने, वाकवाकी लाग्ने र पेट फुल्नेजस्ता समस्यामा हुनुहुन्छ भने ज्वानोलाई मित्र बनाउनुहोस् । 

 जंक फुडको बढ्दो प्रयोग, पोषणयुक्त खानाको कमी र तनावपूर्ण जिन्दगीले गर्दा हामी विभिन्न किसिमका स्वास्थ्य समस्याहरुको शिकार  बन्दै गइरहेका छौँ । यस्ता समस्याको दिर्घकालिन समस्याबाट पार पाउनका लागि हरेक भान्सामा पाइने ज्वानोको उपयोग गरौं । देख्दा मसिना दाना र गन्ध नमिठो लाग्ने,  मुखमा राख्दा मात्रै पनि चर्रर गर्ने ज्वानोले फाइदा भने गजबकै गर्दछ । यसले शरीरभित्रको फोहोर निकाल्न, किटाणुविरुद्ध लड्न, घाउहरुबाट जोगाउन, भाइरससँग लड्न, दुखाई कम गर्न, पेटभित्रको हावाबाट मुक्ति दिनेजस्ता अनेक फाइदा गर्छ। 


 पेटलाई बलियो राख्न, पेटमा हुने कुनै पनि असहजता जस्तैः अपच, पेट दुखाई, पेट पोल्ने, हावा भर्ने, वाकवाकी लाग्ने, आदि जस्ता समस्याबाट राहत प्रदान गज्वानोका विभिन्न फाइदाहरु छन् ।


 ग्यास्ट्रिकले छातीसम्म पोलेको जस्तो अनुभूति हुँदा एक चम्चा जिरा, एक चम्चा ज्वानो, आधा चम्चा अदुवाको धुलोलाई पानीमा मिलाएर दुखाई कम नभएसम्म खाँदा निको हुन्छ । 

यसमा रासायनिक थाइमोल ज्यादा हुने भएकाले यसले खाना पचाउन चाहिने जुस प्रशस्त मात्रामा उत्पादन गर्दछ र खानेकुरा सोस्न मद्दत गर्छ । खानेकुरा पेटमा गएपछि हामीले खाएको खानेकुरा पेटमा पिसिन्छ, यसमा भएको रसायनले पिस्नकालागि पेटलाई सजिलो बनाइदिने काम पनि ज्वानोले गर्छ र कबजियत हुन दिनबाट रोक्छ । साना बच्चाहरुलाई कबजियत हुँदा, खाना नपच्दा, चिसो वा खोकी लाग्दा पनि ज्वानो खुवाउने गरिन्छ । 

  
बच्चालाई मात्र होइन चिसो लाग्दा ज्वानोले ठूलाहरुका लागि पनि औषधिको काम गर्छ । १५ देखि २० दिनसम्म हरेक दिन भुटेको ज्वानो दुई ग्राम खाए चिसोबाट बच्न सकिन्छ । अथवा, ज्वानोको चिया बनाएर पनि खान सकिन्छ । पानीमा चियापत्ति वा ग्रीन टी, ज्वानो, अदुवा र अलैँची राखेर उमाल्ने । यसमा दूध हालेर कम्तिमा तीन मिनेटसम्म उमालेर यसरी चिया पिउँदा पनि चिसो लागेको हराउँछ । 


वैद्यहरुका अनुसार पातलो कपडामा ज्वानो धुलो राखेर बेलाबेलामा सुँघ्ने गर्दा बन्द भएको नाक, दमका बिरामी, ब्रोन्काइटिस तथा माइग्रेनका कारण टाउको दुख्नेहरुलाई पनि यसले आराम दिन्छ । ज्वानो पोलेको धुवाँले मात्र पनि हाम्रो सासप्रश्वासलाई सहज बनाइदिने र ज्वानोको दैनिक सेवनले रोगसँग लड्ने क्षमता पनि बढाउँछ । यति मात्र होइन । 


तौल घटाउन खोज्नेहरुको लागि पनि यो फाइदाजनक छ । ज्यादा तौल बढ्न नदिनका लागि हामीले खाएका खानेकुराहरु राम्रोसँग पच्न र हाम्रो पाचन प्रक्रिया राम्रो हुन अति जरुरी छ । पाचनमा सहयोग गर्ने हुनाले ज्वानोले तौल बढ्न नदिन सहयोगी भूमिका खेल्दछ । यसको प्रयोगकै लागि भनेर छुट्टै समय छुटाउन पर्दैन । दुई चम्चा भुटेको ज्वानो एक कप पानीमा एक


यसको प्रयोगकै लागि भनेर छुट्टै समय छुटाउन पर्दैन । दुई चम्चा भुटेको ज्वानो एक कप पानीमा एक रात ढडाएर राख्ने, बिहान यसलाई उमालेर, ज्वानो छानेर, सेलाएर वा नउमालीकन छानेर मात्र पनि खाली पेटमा पिउन सकिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.