logo

विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको बैठक प्रारम्भ

 इसीमाना सम्वाददाता     २०७८ भदौ २१ गते ०७: ०७ मा प्रकाशित     1163   पटक पढिएको

 

उत्थानशील स्वास्थ्य प्रणालीहरू निर्माण गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न स्वास्थ्य क्षेत्रका नेतृत्व प्रदायकहरूको थप प्रतिबद्धताको माग गर्दै विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको चौहत्तरौं बैठक आज शुरु भएको छ ।

यस क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनलाई शासन गर्ने निकायको रूपमा रहेको यस वार्षिक बैठकको उद्घाटन गर्दै नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले भन्नुभयो, “हाम्रा स्वास्थ्य प्रणालीहरूले अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परिरहेको अहिलेको अवस्थामा यस क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि महत्वपूर्ण निर्णयहरू लिनका लागि यो बैठक आयोजना गरिएको छ । मानवताका लागि हामीले खोप, औषधि, औजार तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्नु आवश्यक छ । पहुँच नपाएकाहरूसम्म पुग्ने हाम्रो प्राथमिकता हुुनुपर्छ,”।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेद्रोस अधानोम घेब्रेसियसले भन्नुभयो, “कोभिड–१९ महामारीले अभैm पनि जीवन, जीविका, समाज तथा अर्थतन्त्रमा क्षति पु¥याइरहेको छ । दक्षिण–पूर्वी क्षेत्रमा गत मे महिना विनाशकारी रूपमा नै सङ्क्रमणको संख्या बढेकोमा हाल आएर सङ्क्रमण तथा मृत्युको संख्यामा कमी आएको देख्दा मलाई हर्ष लागेको छ । तथापि, देशपिच्छे र ठाउँपिच्छे फरक फरक अवस्था विद्यमान छ र केही स्थानहरूमा तीव्र संख्यामा सङ्क्रमण वृद्धि भइरहेको र अस्पतालहरू भरिएको अवस्था छ ।।।हामीले अब भविष्यमा फेरि यस्तो ठूलो महामारी हुन दिनु हुँदैन । र हामीले यस्तो ठूलो परिमाणमा अन्याय हुन दिनु हुँदैन ।”

क्षेत्रीय निर्देशक डा। पूनम खेत्रपालले भन्नुभयो, “कोभिडले हाम्रा स्वास्थ्य प्रणालीहरूलाई निकै ठूलो क्षति पु¥याएको छ । सेवाहरू अवरुद्ध भएका छन् र स्वास्थ्यकर्मीहरू गलेका छन् । हाम्रो सामुन्ने बहुमुखी चुनौती छ । हामीले स्वास्थ्यमा गुमाएका उपलब्धिहरूलाई पुनः प्राप्त गर्नु छ, क्षमता गुमाएका स्वास्थ्य प्रणालीहरूलाई पुनः निर्माण गर्नुछ, र यो सबै हामीले यस्तो अवस्थामा गर्नुछ जुन बेला सबै देशका सरकारहरूको राजस्वमा ठूलो दबाब सिर्जना भएको छ ।”

यस क्षेत्रका सदस्य राष्ट्रहरूका स्वास्थ्य मन्त्री तथा स्वास्थ्यका उच्च पदाधिकारी, संयुक्त राष्ट्र संघका निकाय, साझेदार, दातृ निकाय, तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहने यस पाँच दिने भर्चुअल सत्रमा जनस्वास्थ्य आपत्कालको तयारी तथा प्रतिकार्यको सुदृढीकरण कसरी गर्ने तथा नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा भएको प्रगतिलाई कसरी अझ दु्रत बनाउने भन्ने लगायतका स्वास्थ्यसम्बन्धी मुद्दाहरूमा छलफल हुनेछ ।

स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्ने उद्देश्यका साथ कोभिड–१९ महामारीले क्षति पु¥याएका अत्यावश्यक स्वास्थ्य सेवाहरूको ‘अझ राम्रो पुननिर्माण’ विषयमा भोलि मन्त्रीस्तरीय गोलमेच हुने कार्यक्रम छ ।

छलफल हुने अन्य मुख्य मुद्दाहरूमा खोपको कार्ययोजनाका लागि क्षेत्रीय खाका, विद्यालय स्वास्थ्यको पुनरुत्थान, र भाइरल हेपाटाइटिस्, एचआईभी तथा यौनजन्य सङ्क्रमणको अन्त्य रहेका छन् ।

क्षेत्रीय समितिको गत बैठकमा गरिएका प्रतिबद्धताहरू – सन् २०२३ सम्ममा दादुरा तथा रुबेलाको उन्मूलन, अत्यावश्यक स्वास्थ्य सामग्रीहरू माथिको पहुँचमा अभिवृद्धि, तथा प्राथमिक स्वास्थ्य चौकीको स्तरमा नसर्ने रोगहरू सम्बन्धी सेवाहरूको प्रवाहलाई तीव्र बनाउन स्वास्थ्य प्रणालीको सुदृढीकरणका सम्बन्धमा भएका प्रगतिहरू उपर पनि बैठकमा छलफल हुनेछ ।

विश्वको एक–चौथाइ जनसंख्याको बसोबास रहेको यस क्षेत्रको रोगभार भने तुलनात्मक रूपमा उच्च रहेको छ । यस क्षेत्रले सन् २०२३ सम्ममा दादुरा तथा रुबेलाको उन्मूलन गर्ने, बहुक्षेत्रीय नीति तथा योजनाको माध्यमबाट नसर्ने रोगहरूको सम्बोधन गर्ने, मातृ, नवजात शिशु, तथा पाँच वर्षभन्दा मुनिको बालबालिकाको मृत्युदर न्यूनीकरणलाई थप गति दिने, स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई बढाउने, एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई उल्टाउने, आपत्कालीन जोखिम व्यवस्थापन क्षमतालाई अभिवृद्धि गर्ने, वास्ता नगरिएका ट्रपिकल रोगहरू उन्मूलन गर्ने र क्षयरोग अन्त्य गर्ने जस्ता विषयहरूलाई प्राथिमिकता दिँदै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको वडा नं १४ नयाँबस्तीमा टोल सुधार समितिको भेला सम्पन्न अध्यक्षमा झा सर्वसम्मत

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को नयाँबस्ती पिप्रामा रहेको टोल सुधार समितिको आइतवार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

बयलगाडाले किचेर घाइते बरहथवाका ८ वर्षिय बालकको मृत्यु

सर्लाही ।  सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.