logo

कोरोना बिरुद्धको संघर्षमा औधोगिक समुहद्वारा २५० थान पीपीई हस्तान्तरण,संकटमा बीरगंजको समाज एकः महानगरप्रमुख

      7/2/2020 गते 00 00 मा प्रकाशित     1461   पटक पढिएको

बीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखा मार्फत कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामको काममा संलग्न स्वास्थ्यकर्मीहरुकालागि नीजि क्षेत्रले स्वास्थ्य सुरक्षा सामाग्री उपलध्ग गराएको छ । 


शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालि, जगदम्बा काँनक्रिटो प्रा.लि, जगदम्बा एस्एस् पाईप्स प्रालि, सर्वोत्तम स्टील्स प्रालि र स्काईलाइन मलले कोरोना भाइरस संक्रमण परीक्षणका लागि वीरगञ्ज महानगरपालिकालाई २ सय ५० पिस पीपीई किट हस्तान्तरण गरेको हो । 

आज महानगरमा आयोजना गरिएको  एक कार्यक्रम बिच वीरगञ्जको नरायणी अस्पताल र गण्डक अस्पताललाई तथा थ्रोट सवाब संकलनमा खटिने क्वारेन्टिनमा स्वास्थ्य सेवा दिने स्वास्थ्य कर्मचारीले उपयोग गर्ने गरि  वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीलाई २ सय ५० पिस पीपीई किट हस्तान्तरण गरको शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालिका कार्यकारी निर्देशक राजेश अग्रवालले जानकारी दिनु भयो । 


महानगर प्रमुख बिजय कुमार सरावगीले नीजि क्षेत्रबाट उपलब्ध गराइएको सहयोगले आफूलाई उत्साही बनाएको बताउनु भयो ।

 

 एउटा समय थियो कोभिड बिरुद्धको संघर्षमा एक्लै पर्छुकी जस्तो पनि लागेको थियो उहाँले बिगतलाई स्मरण गर्दै  तर बीरगंजको औधोगिक क्षेत्र ,बिभिन्न पेशा ब्यवसायमा संलग्न महानुभावले जसरी सहयोग गर्नु भयो त्यसले एउटा सफल उदाहरण कायम भएको बताउनु भयो ।

 

बीरगंजको समाज संकटको बेलामा संकटको समाना गर्न एकढिक्का भएर अगाडि आउने परम्परा अहिले झनै मजवुतीका साथ प्रकट भएको उहाँले बताउनु भयो । 


कोरोना संकट संग सगै जीवन चल्नु पर्ने अवस्थामा कोरोना भाइरसको परिक्षणलाई  बढाउनुपर्ने आवश्यकता रहेको छ । यही प्रयोजनकालागि महानगर प्रमुखले  आम अपिल गर्नु भएको थियो । पर्सालाई ग्रिन जोनमा लगेर आर्थिक गतिबिधिलाई चलायमान बनाउनकालागि नै पाँच उधोगले स्वास्थ्य सुरक्षा समाग्री उपलब्ध गराएका हुन ।  

 

उक्त कर्यक्रममा शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालि, जगदम्बा काँनक्रिटो प्रालि, जगदम्बा एस्एस् पाईप्स प्रालि, सर्वोत्तम स्टील्स प्रालि र स्काईलाइन मलका संतोष सिंह (वीपी ऑपरेशन), अमित अग्रवाल (वीपी वित्त), सुनील खेतान (सीएफपीओ), अभिषेक अग्रवाल र विवेक सिंह लगायतका सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.