logo

प्रदेशसभा सदस्य पटेल र नगरप्रमुख पाठकद्वारा संयुक्त रुपमा स्वास्थ्यचौकीको शिलान्यास

 इसीमाना सम्वाददाता     २०८० बैशाख २७ गते ०७: ११ मा प्रकाशित     387   पटक पढिएको

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ४ मा स्वास्थ्य चौकीको शिलान्यास गरिएको छ । पर्सा क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य श्याम पटेल र पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले संयुक्त रुपमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन् ।

 

पर्सागढी नगरपालिका र प्रदेश सभा सदस्य पटेलको प्रदेश सभा संसदीय विकास कोषको साझेदारीमा निर्माण हुने स्वास्थ्य चौकीका लागु चालु आर्थिक वर्षमा २८ लाख रकम बिनियोजन गरिएको छ ।

 

बहुवर्षिय योजना अन्र्तगत स्वास्थ्य चौकीको निर्माण हुने नगरपालिकाका प्रमुख पाठकले जानकारी दिए । आगामी वर्ष पनि बजेट थप हुने पाठकको भनाई छ ।

स्वास्थ्य चौकीको भवन निर्माण भएसँगै गाउँमै स्वास्थ्य पाउने प्रदेश सभा सदस्य पटेलले बताए । आधारभूत स्वास्थ्य मौलीक हक अन्र्तगत रहेको चर्चा गर्दै पटेलले स्वासथ्य चौकीको निर्माणले नागरिकले लाभ लिने बताए ।

 

नगरप्रमुख पाठकले आगामी वर्ष अन्य वडामा पनि स्वास्थ्य चौकी बिस्तारका लागि सहकार्य र समन्वय हुने बिश्वास ब्यक्त गरे ।


नगर प्रमुख पाठकले वडा नम्बर २, ३ र ८ मा पनि स्वास्थ्य चौकी भवन निर्माणको काम भइरहेको जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

समाज

महोत्तरीमा जलाइएको अवस्थामा महिलाको शव फेला, अनुसन्धानकालागि कुकुर पनि परिचालन

बर्दिबास  । महोत्तरीमा अनुहार जलाएर चिन्न नसकिने अवस्थामा एक महिलाको शव बरामद भएको छ । महिलाको उमेर अन्दाजी २५÷२६ रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

लेनदेन मुद्धामा बीरगंजका उधोगी जाटिया पक्राउ

वीरगन्ज। अदालतको आदेश कार्यान्वयनकालागि प्रहरीले वीरगंजका उद्योगी प्रेमकुमार जाटियालाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.