logo

पर्सामा कोरोनाको जोखिम बढ्दै, दुईजना चिकित्सक सहित १७ जना नयाँ संक्रमित, लकडाउनको तयारी

      7/23/2020 गते 00 00 मा प्रकाशित     1515   पटक पढिएको

पर्सा जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम देखिएको छ । दैनिक जसो कोरोनाको संक्रमितहरु थपिदै गएपछि पर्सा जिल्ला फेरी कोरोनाको उच्च जोखिमममा परेको हो । गएराति मात्र थप १७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

२ डाक्टर, २ उपचाररत विरामी लगायत थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो । संक्रमितहरुमध्ये १३ जना पुरूष र ४ जना महिला (१५ वर्षेदेखि ८५ वर्ष सम्म उमेरका) छन् । उहाँहरू सबैको स्वाव संकलन साउन ६ गते गरिएको थियो । अधिकांश यात्रा इतिहास नभएका र कतिपय लक्षण सहितका संक्रमित समेत देखिएकोले निकै गम्भिर बन्नुपर्ने अवस्था सृजना भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।

देशभरी कोरोना संक्रमण घटेको नभई परीक्षणको दायरा घटेकोले संक्रमितको संख्या घटेको जस्तो देखिएको उहाँको भनाईछ । आपैmले पैसा तिरेर कोरोनाको परीक्षण शुरू नगरेसम्म पर्सामा पनि संक्रमित सबै निको हुँदै २ जना मात्र बाँकी रहेको अवस्थामा पर्सामा सःशुल्क परीक्षण शुरु भएसँगै विभिन्न व्यक्तिहरूले स्वेच्छाले जाँच गर्न थालेपछि कोरोनाको संक्रमित थपिन थालेको उहाँले बताउनुभयो ।

यस्तो विषम परिस्थितिमा विद्यमान रहेकै अवस्थामा लकडाउनको अन्त्यसँगै सबैतिर भिडभाड हुनुले ठूलो खतरा निम्त्याइरहेको पनि उहाँले बताउनुभयो । अहिले लक्षण सहितको संक्रमण देखा परेकोले निकै चिन्ताको विषय रहेको र चाडै जिल्ला संकट व्यावस्थापन केन्द्रको बैठक बसेर आवश्यक कदम चाल्न निर्णय गर्नुपर्ने आवश्यकता देखिएको र त्यसको लागि बैठक बस्ने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.