logo

मध्य तराईका बारा पर्सा रौतहटमा थप १ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

      9/3/2020 गते 00 00 मा प्रकाशित     1283   पटक पढिएको

मध्य तराईका बारा पर्सा रौतहटमा थप १ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 
वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा थप १ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

 


३० महिलासहित थपिएका सङ्क्रमितहरुमा डेढ वर्षको बालकदेखि ८० वर्षको वृद्धसम्म रहेको नारायणी अस्पतालका प्रवक्ता  डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिनु भयो  ।


नारायणी अस्पतालको पिसिआर प्रयोशालामा पर्सा, बारा र रौतहट जिल्लाको विभिन्न स्थानबाट ल्याइएको ५ सय ७६ वटा थ्रोट स्वाबको नमुनाहरु परिक्षण गर्दा थप १ सय १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

थपिएका सङ्क्रमित मध्ये पर्साका ६९ जना  रहेका छन्  । पर्सामा बीरगंज महानगरपालिका भित्रका ४९ जना छन । त्यसैगरी पर्सागढी नगरपालिकाको वडा नम्बर ४ र ७ गरेर सात जना, बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ र ५ गरेर पाँच जना, पोखरिया नगरपालिकाको वडा नम्बर ४ र १० गरेर चार जना र कालिकामाई गाउँपालिकाको वडा नम्बरको २ को चार जना रहेका छन् । २४ जना बारा जिल्ला र १७ जना रौतहट जिल्लाका हेका छन् ।

त्यस्तै बारा जिल्लामा थपिएका सम्पूर्ण सङ्क्रमितहरु कलैया उपमहानगरपालिकाको विभिन्न वडाका बासिन्दा हुन् । त्यसैगरी रौतहटको यमुनामाई गाउँपालिकाको वडा नम्बर ३ का १७ जना सङ्क्रमित थपिएका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.