logo

प्लाज्मा थेरापीकालागि ‘प्लाज्मा दान’ गम्भिर अवस्थाका संक्रमितलाई प्लाज्मा थेरापी गरिने

      9/3/2020 गते 00 00 मा प्रकाशित     1541   पटक पढिएको

वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका ब्यक्तिहरुले ‘प्लाज्मा दान’ गरेका छन ।  कोरोना भाइरसको संक्रमणमा परेका ब्यक्तिलाई प्लाज्मा थेरापीका लागि ‘प्लाज्माको आवश्यकता पर्छ त्यही आवश्यकता पूर्तीकालागि बीरगंजमा प्लाज्मा दान गरिएको हो । 


‘प्लाज्मा दान गरौं, कोरोना संक्रमितको ज्यान बचाऔं’ भन्ने नाराका साथ आयोजित प्लाज्मा दान कार्यक्रमा कोरोना संक्रमण निको भएका ५ जनाले प्लाज्मा दान गरेको डा. उदयनारायण सिंहले बताउनु भयो ।

 

नागरिक सरोकार समाज वीरगञ्ज, नारायणी अस्पताल प्लाज्मा थेरापी स्टडी ग्रुपको आयोजना भएको कार्यक्रममा वडाध्यक्ष जगत साह कानु, पत्रकार सुरेश विडारी, डाक्टर प्रहलाद अधिकारी, प्रवेश ढंगेल र खसीकान्त चौधरीले प्लाज्मा दान गर्नु भएको हो  ।

दान गरिएको रगतबाट प्लाज्मा निकालेर ‘प्लाज्मा बैंक’मा सुरक्षित राख्ने र आवश्यक पर्दा संक्रमितलाई चढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको डा. सिंहले बताउनु भयो। 


गम्भिर अवस्थाका संक्रमितलाई प्लाज्मा थेरापी गर्नुपर्ने हुँदा जरुरी पर्दा दाता खोजेर प्लाज्मा निकाल्न समय लाग्ने भएकोले ‘प्लाज्मा बैंक’ स्थापना गरिएको डा. सिंहको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका अध्यक्ष अजय द्विदी, चिकित्सक संघ नारायणी, वीरगंजका अध्यक्ष डा.अरुण सिंह, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुर, रेडक्रस पर्सा शाखाका मन्त्री शैलेन्द्र चौधरी, समाजिक अभियान्ता प्रकाश थारु लगायतको उपस्थिति  रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.