पर्सामा २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै बाराका बाराका १९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा सुरक्षाकर्मी र बैंकका कर्मचारीसमेत छन् ।
बिहीबार प्रयोगशालामा ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएकोमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनु भयो । १८ देखि ४५ वर्ष उमेर समूहका संक्रमितहरुमध्ये १० जना महिला छन् ।
संक्रमितमध्ये २९ जनाको सिटि भ्यालु २४ भन्दा कम छ । १६ जनाको सिटि भ्यालु २५ भन्दा बढी छ । चौरसियाका अनुसार सिटि भ्यालु २४ आउनुलाई कडा संक्रमण मानिन्छ भने २५ भन्दा बढी सिटि भ्यालु भएको अवस्थामा कमजोर संक्रमण हुन्छ ।
वीरगञ्जमा मात्रै १९ जनामा संक्रमण पुष्टि भएको छ । नबिल बैंकमा कार्यरत ५ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । पर्साको कालीकामाई ,सखुवा प्रसौनी गाउँपालिका र पटेर्वा सुगौलीाम पनि कोरोना संक्रमीतहरु पुष्टि भएका छन ।
त्यस्तै बाराको निजगढ नगरपालिकामा पनि १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निजगढ नगरपालिकाको वडा नं. ८ मा २ जना, वडा नं. ३, ७ र ९ मा १÷१ जनामा कोरोना संक्रमण देखिएको छ ।
इलाका प्रहरी कार्यालय निजगढका ६ जना र सशस्त्र प्रहरी बल पिलुवाका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यसैगरी कामना विकास बैंकमा कार्यरत १ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
तपाईको प्रतिक्रिया