logo

छिपहरमाईमा बर्थिङसेन्टरको उद्धघाटन, सेन्टरमा सेवा लिने महिलालाई दुईहजार भत्ता दिइने अध्यक्ष गुप्ताको घोषणा

      9/18/2020 गते 00 00 मा प्रकाशित     1360   पटक पढिएको

पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं २ सानो टिहुकी सेढामा शुक्रवार गाउँपालिकाका अधयक्ष मनोज गुप्ताले बर्थिंग से्टरको उदघाटन  गर्नु भयो । 


नौवटा गाउँको “नवगावा” मा बर्थिङ सेन्टर थिएन । नौ गाउँका महिलाहरुको प्रसुती सेवालाई मध्यनजर राखेर स्थापना गरिएको सेन्टरको शुक्रवार एक कार्यक्रमकावीच अध्यक्ष गुप्ताले उद्धघाटन गर्नु भएको हो । 

अध्यक्ष गुप्ताले  छिपहरमाई गाउँपालिकाको पाचै वटा वडाहरुमा बर्थिंग सेन्टर स्थापना गरिने बताउनु भयो । वर्षौ पहिला देखि छिपहरमाई गाउँपालिकामा एउटा पनी बर्थिंग सेन्टर नरहेको  र बाटोघाटो समस्या समेत रहेको कारण यस क्षेत्रका महिलाहरुले प्रसुतीका बेला समस्या भोग्ने गरेकोमा अव त्यो समस्या नहरने उहााले बताउनु भयो ।

 

उहाँले प्रसुतीकालागि अव भारतको बेतिया,मैनाटाड,सिकटा लगायतका स्थानमा जानु पर्ने अवस्थाको अनत्य हुने बताउनु भयो । अध्यक्ष गुप्ताले  प्रसुती सेवाको अभावमा कतिपय महिलाले अकालमै ज्यान गुमाएको घटना स्मरण गर्दै अध्यक्ष गुप्ताले त्यही समस्या अन्त्यकोलागि बर्थिङ सेन्टर स्थापनामा ध्यान दिएको बताउनु भयो ।

 

 गूपता अध्यक्ष भएपछि   छिपहरमाई गाउँपालिकाको वार्ड नं ४ तुल्सीवर्वा,  दोस्रो वार्ड नं २ टिहुकी सेढामा र वार्ड नं ३ जयमंगलापुरमा बर्थिंग सेन्टरको निर्माण सम्पन्न भईसकेको छ। 


 बर्थिंग सेन्टरबाट हजारौ महिलाहरु लाभान्वित हुने अध्यक्ष गुप्ताले बताउनु भयो । उहाँले महिला लाभानिवत हुनु भनेको नै यस भेगका सबै परिवार लाभानिवत हुनु हो भन्नु भयो ।  छिपहरमाई गाउँपालिकामा रहेको बर्थिंग सेन्टरमा प्रसुती गराउन आउने महिलालाई प्रोत्साहन स्वरुप  गाउँपालिका बाट दुई हजार नगद समेत दिने उहाँले घोषणा गनुृ भयो  ।

 

उहाँले चिकित्साशास्त्रमा स्नातक उपाधी ( एमबिएिस) चिकित्सकको ब्यवस्था गरिने समेत बताउनु भयो । उहाँले गाउँपालिकाका नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको जानकारी दिनु भयो।

 

छिपहरमाई गाउँपालिका को वार्ड नं १ मिर्जापुर मा बर्थिंग सेन्टर स्थापना को लागी गाउँपालिका  बाट ८० लाख बजेट बिनियोजन भएको उहाँले जानकारी दिनु भयो ।

 

वार्डनं ५ भिस्वामा पनी बर्थिंग सेन्टरको तयारी भएको र आउने आर्थिक वर्षमा बजेटको ब्यवस्था गरिने उहाँले बताउनु भयो ।  उहाँले गाउँपालिकामा एक मात्र एमबुलेन्स खरिद गरि संचालनमा रहेको र चालु आर्थिक वर्षमा अर्को उमबुलेन्स खरिद गरि  तुल्सिवर्वा र सम्भौता सेढामा रहेको बर्थिंग सेन्टरमा  उपलब्ध गराइने बताउनु भयो ।  

 

बर्थिंग सेन्टर उदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मोदिना खातुनले  बर्थिंग सेन्टरको निर्माणले महिलाको सुरक्षा बढेको बताउनु भयो ।  उहाँले  यस क्षेत्रका महिलालाई सुरक्षित ,सहज , प्रसुती सेवा पाउनका साथै  पैसाको पनि बचत हुने बताउनु यभो ।

 

 उदघाटन कार्यक्रममा छिपहरमाई गाउँपालिका,प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह ,वार्डअधयक्ष महेन्द्र साह कलवार,राजबली यादव,रामबालक राउत गदी, बिनोद साह कानु ,मौजिलाल साह, स्वास्थ संयोजक शम्भु साह, पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ता , शमसुल मियाँ ,मुक्ति नारायण साह कानु, बिजय चौरसिया,बर्थिंग सेन्टरका हेल्थ असिस्टेन्ट श्याम प्रसाद यादव,स्टाप नर्स सरोज कुमारी ,सम्झना थलेत,अनमी मिरा चौरसिया, लगायत कर्मचारी र स्थानीय हरुको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.