शनिवार बीरगंजमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित ४५ जनाले रक्तदान गरेका छन । सामाजिक सेवामा सदैव समर्पित लायंस क्लब अफ वीरगंज, लियो क्लब अफ गंजभवानीपुर र लियो क्लब अफ वीरगंजको संयुक्त आयोजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यकमा तिवारी यादव, दिपक कुमार गुप्ता, धिरज कुमार यादव, संजय कुमार यादव, प्रितेश कुमार, सुरज कुमार पाल, रोशनी श्रेष्ठ, बिशाल श्रेष्ठ, रुपेश पटेल, सुनिता कुमारी, श्रीकान्त सहनी, पप्पु श्रीवास्तव, दिव्या गिरि, महेश कुमार पटेल, बिशाल यादव, सतेन्द्र पटेल, श्यामकिशोर पटेल, विजय कुमार साह, राकेश कुमार शर्मा, महेश साह, राजेश बर्णवाल लगायतकाले रक्तदान गर्नु भएको हो ।
लायंस क्लब अफ वीरगंजका अध्यक्ष विजय कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, प्रहरी नायब उपरिक्षक मनोजित कुंवर, लियो क्लब अफ वीरगंजका अध्यक्ष मेराजुल हवारी, लियो क्लब अफ गंजभवानीपुरका अध्यक्ष विनय साह, कार्यक्रम संयोजक भागवती सिग्देल लगायतको सहभागिता रहेको थियो ।
यसैवीच नेपाल रेडक्रस सोसाइटी आदर्शनगर उपशाखाको आयोजनामा आज स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
फ्रेन्डस फार्मेसी तथा गणपती ल्याबको सहकार्यमा भएको स्वास्थ्य शिविरमा एक सय १७ जनाले स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरको उद्घाटन नेपाल रेडक्रोस पर्सा शाखाका सभापति बीरेन्द्र राज कंडेलले आफ्नो स्वास्थ्य परिक्षण गराई गर्नु भएको थियो ।
रेडक्रस आदर्शनगर उपशाखा सभापती सन्तोष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १० का वड़ाध्यक्ष राम नागिन प्रसाद, समाज सेबी परमानंद साह कानू, पवन अग्रवाल, मनोहर साह, राजकुमार गुप्ता, कृष्ण कुशवाहा, हीरालाल साह, तिलक साह, दीपक साह, अरबिन्द साह, राकेश साह, सञ्जय चौधरी लगायतको उपस्तिथि रहेको थियो ।
तपाईको प्रतिक्रिया