नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाललाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । उहाँ संगै नेपाली कांग्रेसका अन्य चार केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
१९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १ सय ६७ केन्द्रीय सदस्यसहित २ सय ४० जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ६ जनाका रिपोर्ट पोजेटिभ आएको छ । त्यस मध्य कोइराला पनि एक हुनुहुन्छ ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.५ मसिहानीका स्थायी बासिन्द नेता रिजाल कोरोना संक्रमित भएको नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव श्रीकान्त यादवले सामाजिक संजाल मार्फत सार्वजनीक गर्नु भएको छ । नेता रिजाल कोरोना संक्रमित भएपनि कुनै किसिमको लक्षण नभएको उहाँले जानकारी दिनु भयो ।
कोरोना परिक्षणको लागि पार्टीले नै काठमाडौंबाट खटाएको टोलीले शुक्रबार नेता रिजालको स्वाब संक्रलन गरेर लगेको थियो । काठमाडौंमै गरिएको गरिएको परिक्षणमा नेता रिजालमा कोरोना पोजिटिभ देखिएको हो ।
शनिबार सांझ रिपोर्ट पोजिटिभ आएपछि नेता रिजाल वीरगंज स्थित घरमा आइसोलेसमा बस्नु भएको छ । नेता रिजाल हिजो मात्रै पर्सा निर्वाचन क्षेत्र नं ४ का बिभिन्न स्थानमा भएका पार्टीका भेलाहरुमा पनि सहभागि हुनु भएको थियो । उहाँको सम्पर्कमा आउनु भएका सबैलाई आवश्यक परिक्षणलागि सहयोग गर्न र सर्तकता अप्नाउन समेत उहाँले अपिल गर्नु भएको छ ।
तपाईको प्रतिक्रिया