logo

बैरिया बिर्तामा निशुल्क नेत्र शिविर सम्पन्न,५१ जनामा मोतिबिन्दुको समस्या देखियो

      10/14/2020 गते 00 00 मा प्रकाशित     1244   पटक पढिएको

पोखरिया नगरपालिकाको वडा नं ९ बैरिया बिर्तामा निशुल्क नेत्र शिविर सम्पन्न भएको छ । जय मा सरस्वती बाल क्लबको आयोजना भएको शिविरमा १ सय ४० जनाको नेत्र परिक्षण गरिएको थियो ।

 

परिक्षण गरिएका मध्य ५१ जनामा मोतीबिन्दु देखा परेको माट्रिका आइ फाउण्डेशनका संयोजक महेश सिंह धामीले जानकारी दिनु भयो । 


माट्रिका आई फाण्उडेशनको प्राविधिक सहयोग शिविर सम्पन्न भएको हो । जसपाका नेता नेजामुदिन समानीको बिशेष पहलमा नेत्र शिविर सम्पन्न भएको हो ।

 

एउटा टोलमा भएको शिविरमा ५१ जना मोतिबिन्दुका बिरामी देखिनुले आँखको समस्या बढदै गएको देखाएको छ । मोती बिन्दु देखिएकाहरुको माट्रिका आई फाउण्डेशनले निशुल्क अप्रेशन गर्ने धामीले बताउनु भयो  ।

 

मोतीबिन्दु देखिएका बिरामीहरुको २९ गते अप्रेशन हुने फाउण्डेशनका बरिष्ट प्राविधिक समता साहले जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.