logo

९६ वटा स्वाब परीक्षणमा २१ जनामा संक्रमण पुष्टि 

      10/16/2020 गते 00 00 मा प्रकाशित     1135   पटक पढिएको

वीरगन्ज, ३० असोज । वीरगन्जमा थप २१ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोशगशालामा गएराति गरिएको ९६ वटा पीसीआर परीक्षणमा पर्साका १५ जना, बाराका ५ जना र रौतहटका १ गरी २१ ज्नामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्साबाट संकलन गरिएको ८८ र बाराबाट संकलन गरिएको ८ वटा स्वाबको पीसीआर परीक्षण गर्दा २६ देखि ३६ सिटी भ्यालु रहेका ८ महिलाको बच्चा देखि ५७ बर्ष उमेर समूहका २१ ज्नामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

डाक्टर चौरसियाका अनुसार संक्रमितहुनेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १० र २३ का एक एकजना, पोखरिया नगरपालिकाका ६ जना, जगरनाथपुर गाउँपालिकाका ५ जना, पर्सागढी नगरपालिकाका १ जना र ठोरी गाउँपालिकाका एकजना रहेका छन् । त्यस्तै बाराको कलैया उपमहानगरपालिकाका २ जना, कोल्हवी नगरपालिकाका २ जना र जीतपुर सिमरा उपमहानगरपालिका पिलुवाका १ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डाक्टर चौरसियाले बताउनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

एनपिएल ,अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा पनि लगातार विजयी भएको छ । कप्तान अनिलकुमार साहको अर्द्धशतकीय पारीको मद्दतले जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.