logo

पर्साका २२ जना सहित ३६ जना नयाँं कोरोना संक्रमित थपिए 

      10/17/2020 गते 00 00 मा प्रकाशित     1417   पटक पढिएको

वीरगन्ज, १ कार्तिक । चारजना बैंकका कर्मचारी सहित वीरगन्जमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोशगशालामा गएराति आएको रिपोर्ट अनुसार एनसीसी बैंकका ३ जना र एसबीआई बैंकका एकजना सहित पर्सा, बारा, रौतहट र सप्तरीका गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

पर्साबाट संकलन गरिएको १३९ र बाराबाट संकलन गरिएको ५६ वटा स्वाबको पीसीआर परीक्षण गर्दा १८ देखि ३६ सिटी भ्यालु रहेका १३ बर्षदेखि ७२ बर्ष उमेर समूहका ३६ जनामा कोरोना संक्रमण देखिएको हो । डाक्टर चौरसियाका अनुसार संक्रमित हुनेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्ब १, ३, ४, २४ मा एक एकजना, वडा नम्बर १४ मा २ जना, वडा नम्बर १३ मा ४ जना र वडा नम्बर १० मा ६ जना रहेका छन् ।

त्यस्तै बाराको सुवर्ण गाउँपालिका वडा नम्बर २ का एकजना, कलैया वडा नम्बर ५ का एकजना, निजगढ नगरपालिका वडा नम्बर ९ को ६ जना, वडा नम्बर ६ को एकजना, वडा नम्बर ७ को ३ जना र वडा नम्बर ८ को एकजनामा पनि संक्रमण भेटिएको छ । रौतहटको राजपुरका एकजना, सप्तरीको रुपनीका एकजना र डाबर नेपालका एकजनामा पनि संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर चौरसियाले जानकारी दिनुभयो ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

एनपिएल ,अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा पनि लगातार विजयी भएको छ । कप्तान अनिलकुमार साहको अर्द्धशतकीय पारीको मद्दतले जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.