logo

पर्सामा ५ जना सहित २१ जनामा कोरोना संक्रमण पुष्टि 

      10/31/2020 गते 00 00 मा प्रकाशित     1158   पटक पढिएको

वीरगन्ज, १५ कार्तिक । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको पीसीआर परीक्षणमा पर्साका ५ र बाराका १६ जना सहित २१ ज्नामा संक्रमण पुष्टि भएको छ । पर्साको १०७ र बाराको ८८ गरी १९५ वटा स्वाबको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ५ बर्षदेखि ६२ बर्ष उमेर समूहका १५ जना पुरुष र ६ जना महिला गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

पर्साका संक्रमित हुनेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १०, १३, १५ र १६ का एक एकजना, पटेर्वा सुगौली गाउँपालिकाका वडा नम्बर १ का एकजना रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो । त्यस्तै बाराको निजगढ नगरपालिका वडा नम्बर ८ का एकजना, वडा नम्बर ९ का ४ जना, जिल्ला प्रहरी कार्यालय बाराका एकजना प्रहरी, जीतपुर सिमरा उपमहानगरपालिकाको विभिन्न वडाका ११ जनामा संक्रमण पुष्टि भएको प्रवक्त डाक्टर चौरसियाले बताउनुभयो । यसअघि अस्तीराति पर्सा र बाराका ९६ जनाको स्वाब परिक्षण गर्दा पर्साका ६ र बाराका ४ जना गरी १० जनामा संक्रमण भेटिएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

एनपिएल ,अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा पनि लगातार विजयी भएको छ । कप्तान अनिलकुमार साहको अर्द्धशतकीय पारीको मद्दतले जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.