ठोरी गाउँ पालिकाको वडा नं ४ निर्मलवस्तीमा रहेको स्वास्थय चौकीमा आज देखी बिभिन्न रोगको परिक्षण हुने भएको छ ।
ठोरी गाउँपालिकाको लगानीमा निर्माण गरिएको प्रयोगशालाको आज एक समारोहवीच गाउँपालिकाका अध्यक्ष पि.एल.श्रेष्ठले उद्धघाटन गर्नु भयो । स्वासथ्य चौकीमा २९ प्रकारका रोगहरुको परिक्षण गरिने ठोरी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रमेश थिङले जानकारी दिनु भयो ।
प्रयोगशालाको संचालनलाई ठोरीबासीले अति सराहनीय काम भनेर प्रशंसा गरेका छन । अव छामेर अन्दाजीको भरमा उपचार गर्ने बाध्यता प्रयोगशालाको संचालनले सकिएको ठोरीबासीको भनाई छ । के कारणले रोग लागेको हो भन्ने कुरा पत्ता लगाएर उपचार हुन पाउदा रोग पनि निको हुने र सुलभ हुने भएकोले ठोरीबासीले यो कामको मुक्त कण्ठले प्रशंसा गरेका हुन ।
सामाजिक संजाल मार्फत पनि प्रयोगशाला संचालनको कामलाई “ठोरीको आवश्यकता आजबाट संचालनमा आयो भन्दै” खुशी ब्यक्त गरिएको छ ।
स्थानीयले प्रयोगशालाको प्रभावकारी संचालन र दक्षजनशक्तिको ब्यवस्थापनमा ध्यान दिन गाउँपालिकालाई आग्रह गरेका छन ।
तपाईको प्रतिक्रिया