वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाको वडा नं २ को बैरियामा निुशुल्क नेत्र शिविर सम्पन्न भएको छ । शिविरमा १ सय २० जनाको आँखा परिक्षण गरिएको थियो ।
६५ जनामा मोतिबिन्दु फेला परेको बीरगंज सामुदायिक आँखा केन्द्रका मेडिकल संयोजक महेशसिंह धामीले जानकारी दिए ।
प्रहरी सामुदायिक कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा, हिमालयन क्याटार्याक्ट तथा तिलगंगा आँखा अस्पताल र बहुदरमाई युवा समाजको सहयोगमा आयोजनामा शिविर आयोजना गरिएको हो ।
मोतियाबिन्दुको समस्या देखिएकाहरुको आईतबार (भोलि) बीरगञ्ज सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने आँखा केन्द्रका धामीले जानकारी दिए ।
शिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालले प्राविधिकहरुले नेत्र परिक्षण गरेका थिए ।
तपाईको प्रतिक्रिया