वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ जना कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
पर्साबाट संकलन गरिएको ४० र बाराबाट संकलन गरिएको २५ वटा स्वाबको गएराति प्रयोगशालामा गरिएको नमूना परीक्षणमा पर्साका ३ जना र रौतहटका १ जनामा मात्रै कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ७ का दुईजना र वडा नम्बर ४ का एकजनालाई संक्रमण देखिएको हो । त्यस्तै रौतहटको गुजाराका एकजनामा संक्रमण देखिएको डाक्टर दासले बताउनुभयो । २५ बर्षदेखि ५३ बर्ष उमेर समूहका उनीहरुको संक्रमण सार्न सक्ने सिटी भ्यालु २७ देखि ३४ रहेको पनि उहाँले बताउनुभयो ।
तपाईको प्रतिक्रिया