logo

इन्दुशंकर चिनी उधोगले दुर्गन्ध फैलायो, दुर्गन्ध नियन्त्रणको माग गर्दै स्थानीयले बुझाए ज्ञापन

      3/3/2021 गते 00 00 मा प्रकाशित     1330   पटक पढिएको

सर्लाहीको हरिवनमा संचालीत चीनीमिलबाट निस्कने दुर्गन्धका कारण अप्ठयारोमा परेका स्थानीयले दुर्गन्ध नियन्त्रण गर्न माँग गर्दै हरिवन नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन ।

 

इन्दु शंकर चिनी उधोगले फैलाएको दुर्गन्धका कारण समस्यामा परेका स्थानीय नागरिकले दुर्गन्ध नियन्त्रणकालागि आन्दोलन परिचलन कमिटी बनाएर आन्दोलन शुरु गरेका छन ।


स्वास्थ्यकालागि स्वच्छ हावा पानी आवश्यक छ । नेपालको संविधानले स्वच्छ वतावरणमा बाँच्न पाउने कुरालाई मौलीक हकको रुपमा संरक्षीत गरेको बेलामा उधोगले स्थानीय नागरिकको स्वास्थ्यको ख्याल नगरि मुनाफा आर्जन गर्ने र संबिधानले गरेको ब्यवस्था उल्लंघन गरेको  आन्दोलन  परिचालन समितिका अध्यक्ष अन्जना पंत कडरियाले बताउनु भयो ।

 

उधोगले सामाजिक उत्तरदायित्व निर्वाह नगरेकोले आफूहरुले स्थानीय सरकारलाई गुहार गरेको उहाँले बताउनु भयो । उहाँले ज्ञापन पत्र बुझाएर हामीले आफना कुरा राखेका छौ ज्ञापनपत्र लाई सामान्य ठानेर ब्यवहार गरियो भने आन्दोलनका अन्य रुप लिएर आफूहरु सडकमा आउने उहाँले चेतावनी दिनु भयो । 


उधोगले फैलाएको दुर्गन्धका कारण वालबालिका ज्येष्ठ नागरिमा वाक वाकी लाग्ने रिगंटा लाग्ने ,खाना मन नलाग्ने,झिंगा र लामखुट्टेको अत्यधिक बृद्धि,झिंगाका कारण आफनो करेसाबारिमा उत्पादित हरियो तरकारी समेत खान नसकिने अवस्थाको निर्माण भएको स्थानीयको आरोप छ ।

 

 बिवाह भोज भतेर समेत रोकिनु पर्ने जग्गा जमिनको भाउँ घटने जस्ता समस्याहरु आफूहरुले झेल्नु परेको अध्यक्ष कडरियाले बताउनु भयो । उधोगकै दुर्गन्धका कारण श्वास प्रश्वास लगायतका रोगीहरु बढेकोले पनि संघर्ष समितिले दुर्गन्ध नियनत्रणको माग गरेको उहाँले बताउनु भयो । उहाँले उधोग सहित सबैलाई ज्ञापनको बोधार्थ समेत दिएको बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.