logo

पिपरामा चौथो पटक रक्तदान, रक्तदानको माध्यमले गर्दै आएको सेवाको महानगर प्रमुख सरावगीद्वारा प्रशंसा 

      3/6/2021 गते 00 00 मा प्रकाशित     1267   पटक पढिएको

युवा समाज पिपरा  द्वारा चौथो पटक आयोजीत रक्तदान कार्यक्रममा २ महिला सहित ७१ जनाले रक्तदान गरेका छन । 

कार्यक्रमको उद्धघाटन बीरगज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले गर्नु भएको थियो । कार्यक्रम उद्धाघटन गर्दै महानगर प्रमुख सरावगीले सामाजिक चेतनाको बिकासकालागि पिपरा युवा क्लबले रक्तदानका माध्यमले गर्दै आएको सेवाको प्रशंसा गर्नु भयो ।

 

उहाँले रक्तदान जस्तो मानवीय काम अर्को नहुने भन्दै रक्तदानका माध्यमले समाजलाई जोडने काम पनि युवा समाजले गरेको बताउनु भयो । उहाँले पिपरामा ज्येष्ठ नागरिक र वालवालिकाकोलागि पार्क बन्ने जानकारी दिदै त्यसको स्वामित्व लिन युवा समाजलाई आग्रह गर्न भयो ।

 

उहाँले बिकासका काममा समेत युवाहरुको सहभागिता आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी बीरगंज महानगरकमिटीका अध्यक्ष रहवर अन्सारी , नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने उधोगपती एवं टोल सुधार समितिका अध्यक्ष हरि गौतम लगायतकोले कार्यक्रमको सफलताको बारेमा मन्तब्य ब्यक्त गनुृ भएको थियो ।

  युवा समाज का अध्यक्ष अनिल पटेल अध्यक्षतामा कार्यक्रम भएको थियो ।  


 रक्त दाता सुनीता श्रेष्ठ ,सीमा पटेल मंतोष पटेल  प्रताप पटेल,धीरज पटेल  लगयात्ले कार्यक्रममा रक्तदान गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष भारत कुर्मी   रामबाबू कुर्मी , सुरेंद्र पटेल लगयात्को उपस्थिति थियो। भने प्रबिधिक सहयोग रक्तसंचार केन्द्रका उदय राज शर्मा र शौरभ राजले उपलब्ध गराउनु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.