logo

बेलायतको स्कटल्याण्ड राज्यमा रहेका  नेपालीहरुले दिएको ५ थान अक्सिजन कन्सन्ट्रेटर  नारायणी अस्पताललाई हस्तान्तरण

      6/15/2021 गते 00 00 मा प्रकाशित     1083   पटक पढिएको

बेलायतको स्कटल्याण्ड राज्यमा रहेका  नेपालीहरुले बीरगंजको नारायणी अस्पताललाई ५ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएका छन ।

 

कोभिड १९ को संक्रमणको हट स्पट बनेको बीरगंजको नारायणी अस्पतालमा मात्रै ७ सय भन्दा बढी संक्रमीत भर्ना भए । २६ प्रतिशतको हाराहारीमा बिराीको मृत्यु भयो ।

 

यस क्षेत्रका नागरिकको जीवन रक्षामा थोरै भएपनि योगदान पुगोस भनेर युनाइटेड किङ्गडम्सको स्कटल्याण्डमा रहेका नेपालीहरुले सहयोगमा कन्सन्ट्रेटर पठाएका हुन ।

 

त्याहाका नेपालीले २० वटा कन्सन्ट्रेटर नेपालमा उपलब्ध गराएका हुन । त्यस मध्य चितवनमा १० पोखरा  बुटवल  र बीरगंजमा पाँच पाँच वटा उपलब्ध गराइएको पत्रकार प्रकाश अर्यालले जानकारी दिनु भयो ।  कन्सन्ट्रेटरको मूल्य साढे सात लाख रुपैया रहेको बताइएको छ ।

 

कन्सन्ट्रेटर हस्तान्तरण  गर्दै पत्रकार अर्यालले एनआरएन स्कटल्याण्डमा संगठीत नेपालीहरुले नेपालको अवस्थामा केही सहयोग गर्ने मनोभावका साथ काम गरेको बताउनु भयो । स्कटल्याण्डमा बस्दै आउनु भएका अर्यालले नेपालको सीमा शहर बीरगंज हट स्पट बनेको सुनेका थियौ त्यही भएर पनि केही मात्रमा हाम्रो सहयोग याहा पनि आइपुगोस भन्ने थियो यो समान हस्तान्तरण गर्न पाउदा सन्तोष लागेको छ भन्नु भयो ।

 

उहाँले स्कटल्याण्डका सहयोगी हात र नेपालमा ब्यवस्थापकीय सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनु भयो । 
सोही अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले स्कटल्याण्डका सबै नेपाल िदाजुभाईलाई आभार प्रकट गर्नु भयो ।

 

उहाँले तेश्रो भेरियन्टको कुरा पनि आइरहेको भन्दै सहयोगी हातहरुलाई सहयोग गर्न अझै अपिल गर्नु भयो । केन्द्रीय सदस्य के.सी.लामिछानेले नेपालको स्वास्थ्य संरचना बलियो नभएको अवस्थामा बिदेशमा रहनु भएका नेपालीले गर्नु  भएको सहयोगले नेपालीहरुकोलागि ठुलो बल मिलेको बताउनु भयो  ।

 

उहाँले कमजोर स्वास्थ्य संरचना भएको मुलुकमा  स्कटल्याण्डमा रहनु भएका नेपाली दाजुभाईले उपलब्ध गराउनु भएको सहयोगले आशाको संचार गराएको भन्दै आभार प्रकट गर्नु भयो । 

 


अक्सिजन कन्सन्ट्रेटर बुझ्दै बीरगंजको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डा. वीरेन्द्र प्रधानले स्कटल्याण्डका नेपाली दाजुभाई प्रति बिशेष आभार प्रकट गर्नुृ भयो । उहाँले समस्यामा परेका दाजुभाईले राम्रो उपचार पाउन भन्ने उद्धेश्यले उपलब्ध गराउनु भएको सहयोग प्रति मनैदेखी प्रशंसा गर्नु भयो । उहाँले यो सहयोग पूर्ण रुपमा सदुपयोग हुने बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.