बीरगंज २१ चैत । दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टी नेपाल पर्साले निर्वाचन कार्यालयक पर्सामा घेराउ गरेको छ । पार्टीको राष्ट्रीय कार्यक्रम अन्र्तगत निर्वाचन कार्यालय घेराउ गरिएको नयाँ शक्ति पर्साका नेता तवरेज अहमदले जनाए । बिहान नौ बजे देखी साढे ११ बजे सम्म निर्वाचन कार्यालय घेराउ गरेको उनले बताए । पार्टीका जिल्ला अध्यक्ष बलिराम साह योगेन्द्र साह लगायतका नेताहरु तथा कार्यकर्ताहरु घेराउमा सहभागी थिए । त्यसै गरि हरिमण्डलले नेतृत्व गरेको जिल्ला कमिटीले पनि निर्वाचन कार्यालयमा घेराउ गरेको मण्डलले बताएका छन । हिरा भट्टराई लगायतका नेता तथा कार्यकर्ताहरुको साथमा कार्यालय घेराउ गरेको उनले बताए ।
तपाईको प्रतिक्रिया