बीरगंज २२ चैत्र
नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य बाबुराम कौशीकले माओवादी नेतृत्वको सरकारलले मुलुकलाई लोडसेडिङमुक्त बनाएको बताउनु भयो । उहाँले आउने दिनमा जनता र राष्ट्रको हितमा माओवादी केन्द्रले यसैगरि काम गर्ने बताए । बीरगंजको वडा नं २ मा आज भएको पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उहाँले बर्गिय पहिचानका आधारमा आम जनता संगठीत हुनु पर्ने उनले बताए । आफनो पार्टी शोषीत पीडित मधेशी आदीवासी लगायत तमाम महनतकश जनताको हितमा काम गर्ने पार्टी भएकोले आउने चुनावमा आफनो पक्षधरतालाई चिन्न जनतालाई अपिल गरे । भेलामा केन्द्रका नेताहरु रामदरश कुशवाहा शेख चाँद तारा जफर अन्सारी लगायतका नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।
भेलाले सगीर आलमको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको छ । कसिटीको सदस्यहरुमा जाफर अन्सारी,मोदीनी मौलाना महमुद आलम जुवेर आलम लगायत रहेका छन । त्यसैगरि वाईसीएलको वडाभेला पनि सम्पन्न भएको छ । मिरोज अहमदको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको वाइसिएलका जिल्ला संयोजक ओमप्रकाश गुप्ताले बताए ।
तपाईको प्रतिक्रिया