logo

एमाले मधेशी जनताको वास्तविक मित्रःसंयोजक हजरा

      5/7/2017 गते 00 00 मा प्रकाशित     1022   पटक पढिएको

वीरगञ्ज, २४ वैशाख । नेकपा एमाले पर्साका संयोजक प्रभू हजराले मधेशी जनताको हितमा नेकपा एमालेले जस्तो प्रभावकारी काम अन्य दलले नगरेको दावी गरेका छन । नेकपा एमालेको बीरगंज उमहानगरपालिकाको वडा नं १ मा आइतवार सम्पन्न वडा भेला लाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन  । उनले  नेकपा एमालले जेष्ठ नागरिकलाई बृद्धभत्ता,मधेशका सबै मुख्य शहरको बिकासमा ५० करोडको बिनियोजन हुलाकी राजमार्गको निर्माण जस्ता काम गरेकोले पनि एमाले मधेशी जनताको वास्तविक मित्र भएको बताए  । भेलामा एमालेका नेता बालगोपाल थापाले नेकपा एमाले मधेशको भूमिको पार्टी भएको मधेशी जनताको बिपक्षमा जान नसक्ने बताए  । कार्यक्रममा एमाले नेता उसमान अन्सारी ,अफजल हुसेन नगर सचिव मानदेव हजरा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम संचालन पनालाल साहले गर्नु गरेका थिए ।
पूर्व वडाध्यक्ष एवं एमालेका वडा कमिटीका अध्यक्ष भिखम महतो कोइरीको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलामा नेकपा एमाले र मधेशका बिषयमा खुला अन्तरक्रिया भएको थियो । भेलामा सहभागी पार्टीका कार्यकर्ताहरुले पनि नेकपा एमालेका सम्बन्धमा मधेशमा लगाइने गरिएको आरोपका बिषयमा छलफल गरेको थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.