logo

स्थानीय तहको निर्वाचन ऐतिहासिक घटना ः प्रधानमन्त्री

      5/10/2017 गते 00 00 मा प्रकाशित     1864   पटक पढिएको

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नेपालको निर्वाचनको इतिहासमा पहिलो ऐतिहासिक घटना भएको बताउनुभएको छ ।


नेकपा (माओवादी केन्द्र) शङ्खरापुर नगर समितिले आज साँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन २० वर्षपछि हुन लागेको भनी भइरहेको प्रचारप्रसार गलत भएको बताउनुभयो ।


“यसअघि विसं २०५४ मा भएको निर्वाचन स्थानीय निकायको हो, अहिले हुन लागेको चुनाव सिंहदरबारको अधिकार गाउँपालिका र नगरपालिकामा पु¥याउने एक युगमा एकपटक हुने घटना हो” – उहाँले भन्नुभयो ।


माओवादीका नगर प्रमुख उम्मेदवार कृष्णराज सुवेदीले शङ्खरापुर नगरपालिकाको विकास र समृद्धिको मुद्दा लिएर आफूले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको बताउनुभयो ।


कागेश्वरी मनोहरा नगरपालिकाको थलीचौरमा आजै आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उम्मेदवारी दर्ता गर्ने दिनसम्म कसैले पनि चुनाव हुन्छ भनी विश्वास नगरेको उल्लेख गर्दै अब कसैले चाहँदैमा निर्वाचन नरोकिने बताउनुभयो ।


नगर प्रमुख उम्मेदवार महेश्वर फुयाँलले कागेश्वरी मनोहरा नगरपालिकामा कसैसँग पनि चुनावी तालमेल नहुने प्रष्ट पार्नुभयो ।


गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा आयोजित सभामा प्रधानमन्त्री दाहालले अँँध्यारो समयलाई अन्त गर्दै उज्यालो ल्याउन र २५ वर्षदेखि ओरालो लागेको आर्थिक वृद्धिदरलाई नौ महिनामा सात प्रतिशत पु¥याउन माओवादी नेतृत्वको सरकार सफल भएको बताउनुभयो ।


“पहिलो संविधानसभा निर्वाचनपछि हामीले केही गल्ती गरेकाले दोस्रो संविधानसभा निर्वाचनमा हार व्यहोनुप¥यो, अब माओवादीले गल्ती गर्दैन ढुक्क भएर मतदान गर्नुस्”– उहाँले भन्नुभयो ।


आर्थिक समृद्धितिर लैजानका लागि सरकारले आधार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले माओवादी स्थानीय तह निर्वाचनमा एक नम्बर पार्टी बन्ने दाबी गर्नुभयो । नगर प्रमुख उम्मेदवार तेजराज नेपालले गोकर्णेश्वर नगरलाई विकासको मार्गमा अघि बढाउन आफू चुनावमा होमिएको बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.