logo

स्थानीय तहको निर्वाचन ऐतिहासिक घटना ः प्रधानमन्त्री

      5/10/2017 गते 00 00 मा प्रकाशित     1513   पटक पढिएको

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नेपालको निर्वाचनको इतिहासमा पहिलो ऐतिहासिक घटना भएको बताउनुभएको छ ।


नेकपा (माओवादी केन्द्र) शङ्खरापुर नगर समितिले आज साँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन २० वर्षपछि हुन लागेको भनी भइरहेको प्रचारप्रसार गलत भएको बताउनुभयो ।


“यसअघि विसं २०५४ मा भएको निर्वाचन स्थानीय निकायको हो, अहिले हुन लागेको चुनाव सिंहदरबारको अधिकार गाउँपालिका र नगरपालिकामा पु¥याउने एक युगमा एकपटक हुने घटना हो” – उहाँले भन्नुभयो ।


माओवादीका नगर प्रमुख उम्मेदवार कृष्णराज सुवेदीले शङ्खरापुर नगरपालिकाको विकास र समृद्धिको मुद्दा लिएर आफूले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको बताउनुभयो ।


कागेश्वरी मनोहरा नगरपालिकाको थलीचौरमा आजै आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उम्मेदवारी दर्ता गर्ने दिनसम्म कसैले पनि चुनाव हुन्छ भनी विश्वास नगरेको उल्लेख गर्दै अब कसैले चाहँदैमा निर्वाचन नरोकिने बताउनुभयो ।


नगर प्रमुख उम्मेदवार महेश्वर फुयाँलले कागेश्वरी मनोहरा नगरपालिकामा कसैसँग पनि चुनावी तालमेल नहुने प्रष्ट पार्नुभयो ।


गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा आयोजित सभामा प्रधानमन्त्री दाहालले अँँध्यारो समयलाई अन्त गर्दै उज्यालो ल्याउन र २५ वर्षदेखि ओरालो लागेको आर्थिक वृद्धिदरलाई नौ महिनामा सात प्रतिशत पु¥याउन माओवादी नेतृत्वको सरकार सफल भएको बताउनुभयो ।


“पहिलो संविधानसभा निर्वाचनपछि हामीले केही गल्ती गरेकाले दोस्रो संविधानसभा निर्वाचनमा हार व्यहोनुप¥यो, अब माओवादीले गल्ती गर्दैन ढुक्क भएर मतदान गर्नुस्”– उहाँले भन्नुभयो ।


आर्थिक समृद्धितिर लैजानका लागि सरकारले आधार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले माओवादी स्थानीय तह निर्वाचनमा एक नम्बर पार्टी बन्ने दाबी गर्नुभयो । नगर प्रमुख उम्मेदवार तेजराज नेपालले गोकर्णेश्वर नगरलाई विकासको मार्गमा अघि बढाउन आफू चुनावमा होमिएको बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.