logo

सिरहामा १४ थान हतियार प्रशासनमा बुझाइयो

      5/8/2017 गते 00 00 मा प्रकाशित     1097   पटक पढिएको

लहान, २५ वैशाख । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, सिरहाले इजाजत प्राप्त हतियार बुझाउन आह्वान गरेअनुसार सिरहामा हालसम्म १४ थानमात्र हतियार बुझाएको छ ।

सिरहा जिल्लामा ३३२ थान विभिन्नखालका इजाजत प्राप्त हतियार (बन्दुक) रहे पनि हालसम्म १४ थानमात्र हतियार बुझाएको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ । बारबोर एकनाले, बारबोर दुईनाले, बाइसबोर राइफल एकनाले, बारबोर पेस्तोल, एयरगनसहित विभिन्न प्रकारका इजाजत प्राप्त हतियार रहे पनि हालसम्म १४ थानमात्र हतियार बुझाएको सिरहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय निकायको निर्वाचनमा हतियारको गलत प्रयोग हुनसक्ने आशङ्कामा जिल्ला प्रशासन कार्यालय, सिरहाले चैत १० गतेदेखि वैशाख १५ गतेसम्म हतियार बुझाउन समयसीमा निर्धारण गरेको थियो । सिरहामा दोस्रो चरण अर्थात जेठ ३१ गते स्थानीय तहको निर्वाचन हुने भएकाले इजाजत प्राप्त हतियार बुझाउने समय अझै रहेकाले समयमै हतियार बुझाउने प्रजिअ श्रेष्ठले आग्रह गर्नुभयो ।

निर्धारित समयमा हतियार नबुझाए प्रहरी परिचालन गरेरै भए पनि हतियार सङ्कलन गर्ने र सो क्रममा हतियार बरामद भएकामाथि कारबाहीसमेत गरिने प्रजिअ श्रेष्ठले बताउनुभयो । स्थानीय निकायको निर्वाचनमा इजाजत प्राप्त हतियार पनि चुनौती बन्न सक्ने सुरक्षा निकायले आशङ्का गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.