logo

निर्वाचनको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

      5/7/2017 गते 00 00 मा प्रकाशित     1090   पटक पढिएको

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही वैशाख ३१ गते हुने निर्वाचनको समग्र तयारीका बारेमा जानकारी गराउनुभएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच आज भएको भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त डा यादवले सम्पूर्ण मतदान सामग्रीसहित मतदान अधिकृत स्थानीय तहमा पुगिसकेको जानकारी गराउनुभएको थियो ।


सो अवसरमा प्रधानमन्त्री दाहालले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि सरकारले जस्तोसुकै भूमिका निर्वाह गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको प्रमुख आयुक्त डा यादवले बताउनुभयो ।


आयोगबाट निर्वाचनका लागि भइरहेको व्यवस्थापकीय तयारीप्रति प्रधानमन्त्री दाहालले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.