logo

निर्वाचनका लागि सत्तारुढ दल जिम्मेवार हुनुपर्ने ः अध्यक्ष थापा

      5/10/2017 गते 00 00 मा प्रकाशित     1165   पटक पढिएको

हेटौँडा, २७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सत्तारुढ दलहरु जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।


राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रमुख दलहरु राष्ट्रियताको सम्वद्र्धन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धितर्फ मुलुकलाई डो¥याउन जनतालाई केन्द्रबिन्दु बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।


उहाँले बाह्य चलखेललाई नियन्त्रण गर्न र मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन सत्तारुढ दल र प्रतिपक्षबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । धर्म संस्कृति र पहिचानको रक्षा गर्दै मुलुकमा दिगो शान्ति र प्रजातन्त्रको सुदृढीरकरणका लागि राप्रपाले वर्तमान संविधानलाई स्वीकार गरेको उहाँको भनाइ थियो ।


सभामा राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौता, केन्द्रीय सदस्य दीपबहादुर सिंह, पार्टीका तर्फबाट हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुखका उम्मेदवार मधु अधिकारीले संविधान कार्यान्वयनका लागि निर्वाचनलाई सफल पार्न मधेसी मोर्चाले पनि सहयोग पु¥याउनुपर्ने धारणा राख्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

पर्सागढीका तीन जना लागु औषध गाँजा सहित पक्राउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ झबराहाका २९ वर्षिय पंचलाल माझी,२१ वर्षिय मुकेश माझी र ४४ वर्षिय सुनिल बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.