logo

समृद्ध नेपाल निर्माण अबको आवश्यकता: मन्त्री थापा

      5/9/2017 गते 00 00 मा प्रकाशित     1354   पटक पढिएको

पोखरा, २६ वैशाख । स्वास्थ्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले समृद्ध नेपालको निर्माण अबको आवश्यकता भएको बताउनुभएको छ । नेपाली काँग्रेसद्वारा पोखरा लेखनाथ महानगरपालिका–२४ मा आज आयोजित चुनावी सभामा उहाँले भन्नुभयो - “काँग्रेसले शान्ति र संविधानको प्रतिबद्धता पूरा गरेका कारण समृद्ध नेपाल निमार्ण गर्ने अभियानलाई साकार पार्न स्थानीय तहको निर्वाचनमा काँग्रेसको विजय आवश्यक हुन्छ ।”


केन्द्रीय सदस्य थापाले “सबै अट्ने देश, सबैलाई मिलाएर लैजाने काँग्रेस’ भन्ने नाराका साथ हिमाल, पहाड र तराईलाई एकाकार गर्दै लैजान सक्ने क्षमता केवल काँग्रेसमा छ” भन्दै “यो देश यहाँका सबै वर्ग र समुदायको हो, यो धोती लगाउनेको पनि हो, टोपी लगाउनेको पनि हो, यी सबैलाई मिलाउने क्षमता काँग्रेसमा भएको बताउनुभयो ।”


स्थानीय आवश्यकता परिपूर्ति गर्दै समृद्ध पोखराको निर्माणको लक्ष्यलाई साकार पार्न काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सबैमा उहाँले आग्रह पनि गर्नुभयो ।


काँग्रेसका पूर्वमहामन्त्री एवम् पूर्वसभामुख तारानाथ रानाभाटले जनतालाई सार्वभौम बनाउनका लागि काँग्रेसले अनवरत सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै राष्ट्रिय एकता, समुन्नत नेपाल निर्माणका लागि काँग्रेसका उम्मेदवारलाई विजय गराउन आग्रह गर्नुभयो ।


काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले नेपाली काँग्रेस काममा विश्वास गर्ने पार्टी भएको बताउँदै विभिन्न दलका नाममा मतदातालाई प्रभावित पार्न खोजिने हुँदा त्यसतर्फ सचेत बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।


काँग्रेसबाट पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले स्मार्ट सिटी निर्माणको लक्ष्यका साथ आफू उम्मेदवार भएको उल्लेख गर्दै महानगरका प्रत्येक बस्ती र टोलका आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


उपप्रमुख पदका उम्मेदवार सरस्वती गुरुङले सबै क्षेत्र, वर्ग र समुदायलाई समेट्ने गरी विकास निर्माणका योजना अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।


नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, वडाध्यक्षका उम्मेदवार भरतबहादुर अधिकारी, काँग्रेस नेता वेदहरि तिमल्सिनालगायतले समुन्नत पोखरा निर्माणको योजनालाई साकार पार्न काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका १२५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनीहरूलाई काँग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले पार्टीको सदस्यता प्रदान गरी पार्टीमा स्वागत गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

पर्सागढीका तीन जना लागु औषध गाँजा सहित पक्राउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ झबराहाका २९ वर्षिय पंचलाल माझी,२१ वर्षिय मुकेश माझी र ४४ वर्षिय सुनिल बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.