बारा,२४ बैशाख
नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा आइतवार भेला सम्पन्न भएको छ ।
भेलाका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य दिनेश राईले सत्तापक्षको दम्बकाकारण मुलुक दुघटनामा पर्ने सम्भावना रहेको दाबी गरे । उनले प्रहरी,प्रसाशन र अदालतमा सरकारले अनावश्यक हस्तक्षेप गरेर नराम्रो काम गरेको बताए ।
वडा कमिटीका अध्यक्ष हरीदेब खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेस नम्बर २ का सदस्य भरत खडका,जिल्ला सचिवालय सदस्य कृष्ण पौडेल,जिल्ला प्रचार बिभाग प्रमुख मनोज पौडेल,नगर संयोजक कृष्ण खनाल,जिल्ला कमिटी सदस्य सरीता सुब्बा,बिश्वनाथ लामिछाने,निर्वाचन कमिटी सभापति राधेश्याम सिबाकोटि,पुष्पकल ,तुलसा मैनाली लगायतले बोलेका थिए । भेलाले मुना अधिकारीको अध्यक्षतामा १३ सदस्यि अनेमसंघ वडाकमिटी गठन गरेको छ । त्यसैगरी आजै प्रमुख अतिथी राईले १६ वडा प्रचार प्रसार कार्यालयको उदघाटन् गर्नु भएको थियो । कार्यक्रमको संचालन रबिन्द्रराज भण्डारी र स्वागत सुनिता पाख्रिनले गरेका थिए ।
तपाईको प्रतिक्रिया