वीरगञ्ज । तामाङ समुदायले आज नयाँ वर्ष २८६२ को अवसरमा सोनाम ल्होछार (घोडा वर्ग) लाई भव्य रूपमा स्वागत गर्दै सर्प वर्गलाई विधिवत् विदाई गरेका छन्।
टाँसीसङ्ग थार्वालिङ्ग बौद्ध गुम्बा भिस्वा–१५ वीरगञ्ज तथा तामाङ घेदुङ वीरगञ्ज समितिको संयुक्त आयोजनामा माइस्थान मन्दिरबाट प्रभातफेरी निकालिएको थियो।
अध्यक्ष रामबहादुर लामाको नेतृत्वमा सुरु भएको प्रभातफेरी गुम्बा परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभापछि धर्मगुरु प्रेम लामा पाख्रिङको अगुवाइमा विभिन्न लामाहरूले घोडा वर्ग स्वागतसहित १२ वर्गका ग्रह फ्याक्ने परम्परागत विधि सम्पन्न गरेका थिए।
यस अवसरमा अध्यक्ष लामाले सोनाम ल्होछार तामाङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानसँग गहिरो रूपमा जोडिएको पर्व भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा तामाङ समुदायका सदस्यहरू मौलिक भेषभूषामा सजिएर परम्परागत नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै उत्सवमय वातावरण सिर्जना गरेका थिए।
कार्यक्रममा उपाध्यक्ष उमेश लामा, सचिव गणेश लामा, कोषाध्यक्ष रामकुमारी घिसिङ, सहसचिव टेम्पा शेर्पा, सल्लाहकार छेदुक लामा, सुन्दर श्रेष्ठ, संगीता लामा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाल सरकारले विविध भाषा, धर्म र संस्कृतिको सम्मान गर्ने राज्य नीतिअनुसार आज तामा
तपाईको प्रतिक्रिया