वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा उम्मेदवार छनोट प्रक्रिया टुंग्याएको छ ।
रास्वपाका केन्द्रीय सदस्य नन्दन यादवका अनुसार पार्टीले पर्सा क्षेत्र नम्बर १, ३ र ४ मा उम्मेदवार चयन गरिसकेको छ। पार्टी निर्णयअनुसार क्षेत्र नम्बर १ बाट होटल व्यवसायी तथा रास्वपाका जिल्ला सभापति हरि पन्तलाई उम्मेदवार बनाइएको छ।
यो क्षेत्रमा यसअघि एमालेबाट रास्वपामा प्रवेश गरेका शम्भु गुप्तालाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको भए पनि अन्तिम चरणमा पार्टी नेतृत्वले पन्तलाई विश्वास गरेको स्रोतको भनाइ छ।
यस्तै, पर्सा क्षेत्र नम्बर ३ बाट रामाकान्त चौरसिया र क्षेत्र नम्बर ४ बाट टेकबहादुर शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।
यी उम्मेदवारहरूको चयनमा स्थानीय पहिचान, संगठनसँगको सक्रियता र आर्थिक–सामाजिक पहुँचलाई मुख्य आधार बनाइएको रास्वपा स्रोतले जनाएको छ।त्यसैगरि पर्साको क्षेत्र नं २ बाट सुशिल साहलाई उम्मेदवार बनाएको छ ।
उनी वीरगंज महानगरपालिकाको वडा नं १० को वडाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन ।
क्षेत्र नं २ मा कानुसँगै प्रमेश्वर कलवार र परबेज अख्तरले पनि टिकट दाबी कायमै राखेका कारण सहमति जुटाउन कठिन भएपनि अन्तत पार्टीले कानुलाई रोजेको हो ।
तपाईको प्रतिक्रिया