logo

मधेशका पुत्रलाई प्रधानमन्त्री बनाएर इतिहास रच्नेछौः रास्वपा उम्मेदवार पन्त

 इसीमाना सम्बाददाता     २०८२ माघ ६ गते ०६: ५१ मा प्रकाशित     820   पटक पढिएको

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीले पर्साको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको निर्वाचनकोलागि पार्टीका पर्सा अध्यक्ष बुद्धि पन्त ( हरि पन्त ) लाई चुनावी मैदानमा उतारेको छ ।

 

उनले पर्साको क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरेका छन ।


उनले मधेशका पुत्र बालेन्द्र साहलाई प्रधानमन्त्री बनाउने अभियानमा आफू सहभागी हुन पाउदा खुशी लागेको बताएका छन । उनले भने हामी इतिहास रच्न जादै छौ  नेपालको प्रमुख कार्यकारी पदमा मधेशी पुत्रलाई पुर्याएर देखाउने छौ । 

 


बालेनलाई प्रधानमन्त्री बनाउने पार्टीको घोषीत नीति यसले जनलहर निर्माण गरेको चर्चा गर्दै आफूले निर्वाचनमा जीत हासील गर्ने दृढता ब्यक्त गरे । 

 

मधेसी समुदायका छोरालाई मुलुकको सर्वोच्च कार्यकारी पदमा पुर्‍याउने अभियानमा सहभागी हुन पाउदा आफूलाई गौरव लागेको उनले बताए ।

 

यो ऐतिहासिक अभियानको एउटा सदस्य हुन पाएको छु उनले भने यो अभियानमा आम जनताको साथ र सहभागिता रहने उनले बताए । 

 

 परम्परागत राजनीतिक दलप्रति जनतामा वितृष्णा बढ्दै गएको चर्चा गर्दै उनले परिर्वतनको नेपाली जनताको चाहनालाई रास्वपाले प्रतिनिधित्व गर्ने बताए ।  

 

निर्वाचनमा विजयी भए पर्सा जिल्लाको हराउँदै गएको पहिचान र प्रतिष्ठा पुनःस्थापित गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

 

वीरगञ्जलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उनको सपना छ । वीरगंजको होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष समेत रहेका पन्तले देखेको यो सपना सकार पार्ने उनले प्रतिवद्धता ब्यक्त गरेका छन । 

 

 रास्वपाले पर्साको क्षेत्र नं २ मा सुशिल साह, ३ मा रामाकन्त चौरसिया र ४ मा टेक बहादुर शाक्यलाई उम्मेदवार बनाएको छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.