logo

मधेशका पुत्रलाई प्रधानमन्त्री बनाएर इतिहास रच्नेछौः रास्वपा उम्मेदवार पन्त

 इसीमाना सम्बाददाता     २०८२ माघ ६ गते ०६: ५१ मा प्रकाशित     94   पटक पढिएको

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीले पर्साको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको निर्वाचनकोलागि पार्टीका पर्सा अध्यक्ष बुद्धि पन्त ( हरि पन्त ) लाई चुनावी मैदानमा उतारेको छ ।

 

उनले पर्साको क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरेका छन ।


उनले मधेशका पुत्र बालेन्द्र साहलाई प्रधानमन्त्री बनाउने अभियानमा आफू सहभागी हुन पाउदा खुशी लागेको बताएका छन । उनले भने हामी इतिहास रच्न जादै छौ  नेपालको प्रमुख कार्यकारी पदमा मधेशी पुत्रलाई पुर्याएर देखाउने छौ । 

 


बालेनलाई प्रधानमन्त्री बनाउने पार्टीको घोषीत नीति यसले जनलहर निर्माण गरेको चर्चा गर्दै आफूले निर्वाचनमा जीत हासील गर्ने दृढता ब्यक्त गरे । 

 

मधेसी समुदायका छोरालाई मुलुकको सर्वोच्च कार्यकारी पदमा पुर्‍याउने अभियानमा सहभागी हुन पाउदा आफूलाई गौरव लागेको उनले बताए ।

 

यो ऐतिहासिक अभियानको एउटा सदस्य हुन पाएको छु उनले भने यो अभियानमा आम जनताको साथ र सहभागिता रहने उनले बताए । 

 

 परम्परागत राजनीतिक दलप्रति जनतामा वितृष्णा बढ्दै गएको चर्चा गर्दै उनले परिर्वतनको नेपाली जनताको चाहनालाई रास्वपाले प्रतिनिधित्व गर्ने बताए ।  

 

निर्वाचनमा विजयी भए पर्सा जिल्लाको हराउँदै गएको पहिचान र प्रतिष्ठा पुनःस्थापित गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

 

वीरगञ्जलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उनको सपना छ । वीरगंजको होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष समेत रहेका पन्तले देखेको यो सपना सकार पार्ने उनले प्रतिवद्धता ब्यक्त गरेका छन । 

 

 रास्वपाले पर्साको क्षेत्र नं २ मा सुशिल साह, ३ मा रामाकन्त चौरसिया र ४ मा टेक बहादुर शाक्यलाई उम्मेदवार बनाएको छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.