logo

यो बेला नागरिक कसैको रासलिलाको रमिते बनेर हेर्न लालायीत छ र ?

के.सी.लामिछाने 

      5/10/2020 गते 00 00 मा प्रकाशित     2225   पटक पढिएको

संसारका शक्ति राष्ट्रहरु आणवीक हतियार सुसज्जीत छन । त्यो हतियार बनाउन  कति धन राशी खर्च भयो त्यसको हिसाव किताव त नेपालीहरुको लागि औला भाँचेर पनि गन्न नसकिने खालको छ ।

 

मानव सभ्यतालाई डर र त्रासमा राख्न आणवीक हतियारहरु सफल भएपनि त्यसका निर्माताहरुको रक्षाकालागि त्यसले रत्तीभर काम नगर्ने पुष्टि भएको छ । एक से एक धनी राष्ट्रहरु यतिवेला कोरोना भाइरस संक्रमणको महामारीका कारण हायल कायल भएका छन । 

 

विश्वका एक से एक धनी राष्ट्रहरु कोरोना भाइरसको महामारी रोक्न असफल भएका छन् । कोरोना भाइरसले शक्तिशालीहरूको घूँडा टेकाएको छ । संसारलाई कोरोनाले यसरी टक्‍क रोकिदिएको छ, जुन काम अरू कसैले गर्न सक्दैन । विश्वको अर्थतन्त्र लगातार ओरालो लागेको छ । जसले आर्थिक मन्दी र संकट भित्रिने निश्चित भएको छ । 


बम, बन्दुक, ‘बंकर बस्टर’, पनडुब्बी, युद्धक विमान र आणविक बमले त्यो भाइरसलाई उडाउने भए कति अगाडि नै उडाइसक्थे । यी सबै भएर अग्रपंक्तिमा उभिएको अमेरीका समेत निरीह देख्दा हाम्रो सातोपुत्लो उड्यो । बरु यहि बेला केही कमाउन भनेर नेपाली नेताले धमिलो पानीमा माछा मार्न मति बिगार्दै छन  ।


बिश्व ब्यपारको मार्ग जस्तो थियो कोरोना भाइरसको संक्रमणले पनि त्यही मार्ग उपयोग गर्यो । होइन भने चीनमा देखिएको भाइरस युरोप तिर नगएर नेपाल तिर आउथ्यो होला । युरोपमा स्वतन्त्रताको गीत गाइयो । एउटै अस्पतालमा कोरोना संक्रमीत र अन्यको उपचार शुरु गरियो । कोरोना नियन्त्रणकालागि पर्याप्त सम्शिम्बेदनशिलता  देखाइएन जसको परिणामा स्वास्थ्य सेवामा अब्बल मानिएका र ठानिएका स्पेन इटाली अमेरिक बेलायत जस्ता देशले तिरीमिरी झ्याई देख्दै छन ।

 

त्यसको तुलनामा हाम्रो जस्तोे देश जाहा आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुच छैन । त्यसले कस्तो हवीगत भोग्नु पर्ला ? सम्झेर ल्याउदा समेत  पनि आङ सिरिङ हुन्छ । नेपालमा स्वास्थ्य संरचनाहरु पर्याप्त छैनन । दक्ष जनशक्तिको पनि अभाव छ । स्रोत र साधनको कमी छ । परिक्षणकालागि बेलैमा किट समेत उपलब्ध गराउन सक्ने अवस्था देखिएन । बीरगंजको  छपकैयामा शिल भएको तीन दिन पछि मात्र परिक्षण शुरु भयो हाम्रो यर्थथता यहि हो । यसमा राम्रो गर्न सकियो भने अलिकती सुधार हुन्छ त्यो बाहेक केही हुने अवस्था छैन । नेपालमा कोरोना भाइरसको संक्रमण सैद्धान्तिक रुपमा त तेश्रो चरणमा प्रवेश गरेको छ । बिश्व  स्वास्थ्य संगठन पनि त्यही भन्छ । तर अन्यत्र तेश्रो चरणमा देखिएको महामारी जस्तो अवस्था नेपालको देखिएको छैन । चीन र भारतको जस्तो अवस्था भयो भने के होला ? प्रश्न जति गम्भिर छ त्यती गम्भिर हाम्रो नेतृत्व छैन ।

 


प्रदेश नं २ जाहा एउटा पनि कोभिड अस्पताल छैन । कोरोना संक्रमीतहरुको उपचार गर्ने अस्थायी कोरोना अस्पताल प्रदेश नं २ मा नै छैन । कोरोना संक्रमणको नियन्त्रणको तयारी को कुरा गर्दा देखिने चित्र हो यो । संघ सरकारले प्रदेश २ का केही अस्पताललाई कोभिड अस्पताल घोषणा गरेको छ । तर त्यसमा जनता, राजनीतिक दलहरुको  तर्फबाट असहमती ब्यक्त गरिएका छन । प्रदेश सरकारले एउटा पनि अस्पताको ब्यवस्था गरेको छैन । सरकारले प्रयास नगरेको त होइन तर उसको प्रयास यस्तो भयो की प्रतिफल आउन सकेको छैन ।

 

प्रदेश २ मा त्यसैको परिणती हो की अहिले बीरगंजको नारायणी अस्पताल बाहेक अन्य कुनै पनि अस्पताल कोरोना भाइरसको संक्रमीतलाई उपचार गर्न तयारी अवस्थामा छैनन । 
बीरगंजमा नेशनल मेडिकल कलेज र बयोधा अस्पतालले ५० र ४ बेडको आइसोलेशन वार्ड बनाउने प्रतिवद्धता जनाएपनि उनीहरुले त्यो प्रतिवद्धता कार्यान्वयनमा ल्याएनन । संकटमा नागरिक सेवाबाट उनीहरु पिठ्यु फर्काएर भागे । यही वीचमा सासद प्रदीप यादवको पहलमा नारायणी अस्पतालमा २० बेडको आइसोलेशन वार्ड बन्यो  । त्यो बेड बन्नुको सीधा अर्थ थियो कोरोना संक्रमीत ब्यक्तिको उपचार त्यही हुन्छ ।

 

नारायणी अस्पतालमा रुटिङ हेल्थ चेकअप चाहनेहरुले त्यतीबेला यो तयारीमा चुइक्क सम्म पनि बोलेनन । नारायणीमा आइसोलेशन वार्ड बनिसकेपछि प्रदीप यादव र बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीको पहलमा चैत २५ गते प्रदेश सरकारले कोरोना अस्थायी अस्पतालकालागि सम्भाव्यता अध्धयन गर्ने टोली पठायो । डा.सुरेन्द्र यादवको नेतृत्वमा आएको टोलीले केही ठाउ हेर्यो तर अस्पताल बनाउन यो ठाउ उपुर्यक्त छ भनेर प्रतिवेदन दिएन ।

 

यो प्रतिवेदन किन दिएन अस्थायी अस्पतालकोलागि जेदोजेहाद गर्नेहरुले त्यसपछि कुरा किन गरेनन  त्यो आफैमा आश्चर्यको बिषय बनेको छ । यो पहलकदमीमा सेवा भावमात्रै भएको हुन्थ्यो । अनि मात्र त्यसले पहलकदमीको निरन्तरता पाउथ्थो । यसमा मेवाको खेलपनि थियो जुन निकै महंगो हुने भएपछि खास स्वार्थ भएकाहरु पछि सरे । कोरोना अस्थायी अस्पताल त बन्ने कुरा भएन । त्यो त हात्तीको देखाउने दाँत मात्र थियो । यही परिवेशमा  


चैत ३० गते बीरगंजमा ३ जना भारतीय नागरिकमा कोरोनाको संक्रमण पुष्टि भइसकेपछि बीरगंजको वतावरण एकाएक आतंकीत बन्न पुग्यो । उनीहरुलाई नारायणी अस्पतालको आइसोलेशनमा भर्ना गरियो । अस्पतालले राती ओपीडी सेवा बन्द गरेको घोषणा गर्यो ।  जुन मुनासीव नै थियो । स्पेनमा एउटै अस्पतालमा सबैको उपचार गर्न खोज्दा महामारी फैलिएको थियो ।

 

त्यही कुरा यहा हुनु हुदैन भन्ने स्वर निकै चर्को भयो । चैत ३१ गते बीरगंजमा भएको एउटा बैठकले डेढ करोड रुपैमा मासिक भाडा तिर्ने गरि बीरगंज हेल्थ केयर अस्पताललाई तीन महिना सम्म कोरोना अस्थायी अस्पताल बनाएर चलाउने सहमती भयो तर यो सहमतीको मसि सुक्न नपाउदै यसका कतिपय पक्षधरहरु पछि हटे ,हट्ने वतावरण बनाइए जसले गर्दा यो बीरगंज हेल्थ केयर अस्पताल पनि कोरोना अस्पताल भएन ।

 

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले सामाजिक संजाल मार्फत अस्पताल दिन अपिल गर्नु भयो । त्यही अपिललाई स्वीकार गर्दै गण्डक अस्पतालका संचालक रहवर अन्सारीले अस्पताल दिने कुरा सामाजिक संजाल मार्फत बैशाख १ गते घोषणा गर्नु भयो । यसलाई  महानगर प्रमुख  र अन्सारीको “स्टन्ट” भन्नेहरु थुप्रै देखिए तर दुबै जना यो निर्णयलाई ब्यहारमा उतार्न क्रियाशिल छन । कोरोना अस्थायी अस्पताल बन्ने छेकछन्द देखिएन । नागरिक स्तरबाट दवाव बढदो थियो ।

 

संघ सरकारले बैशाख १ गते नारायणी लगायतका अस्पताललाई कोभिड अस्पतालको रुपमा घोषणा गर्यो । सरकारी यो घोषणा त्यतीबेला बीरगंजमा उठेको माँगको सम्बोधनको रुपमा रहेको थियो । कोभिड अस्पतालको घोषणा भएको केही दिनपछि फेरी गरिव जनताको दुहाई दिदै नारायणीलाई पूर्पत संचालनकालागि आवाज उठन थाल्यो । बैशाख ६ गते महानगरले गण्डक अस्पतालसंग सम्झौता पनि गर्यो ।

 

 आज बैशाख २८ हुदा सम्म यो बिषयले निकास पाउन सकेन । यो वीचमा कोभिड अस्पताल नारायणीमै संचालन गर्नु पर्छ भने आँट सहित खुला रुपमा भन्न सक्ने नेता कोही बाहिर देखिएनन तर भित्र भित्रै कोरोना अस्थायी अस्पताल बनाउन नदिने प्रपञ्मा भने लागि रहे । यो नागरिकको जीवनसंग खेलवाड गर्ने प्रवृति हो । यो निकै घातक छ ।

 

बीरगंजमा कोरोना संक्रमीतहरु बढने क्रम जारी छ । यस्तो बेलामा उपचारकालागि बेड अभाव भयो भने त्यसको जवाफदेही कसले लिने ? कोरोना अस्थायी अस्पताल निर्माणकालागि जनताको प्रतिनिधिका रुपमा बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीको अडान मात्रै सतिसाल जस्तो देखिन्छ । सरकारको मातहतमा निजी अस्पतालाको पूर्वाधार प्रयोग गर्न सकिने आधारका निर्माणकर्ता सरावगी वास्तवीक जनप्रतिनिधि हुन । भोलीको अवस्था के हुन्छ थाहा छैन ।

 

संक्रमण नबढोस कामना गरौ । संक्रमण बढदै गयो भने सरकारले नीजि अस्पतालहरुलाई आफनो नियन्त्रणमा लिने अवस्था पनि आउला तर महामारी ब्यवस्थापनको पूर्व तयारी गर्दै गर्दा  सबै सुविधा उपलब्ध भएको अस्पताल निशुल्क रुपमा उपयोग गर्न पाउने वतावरणको निर्माण गर्न सक्नुले जनता प्रतिको जिम्मेवारी र जवाफदेही निर्वाह हुदैछ भन्ने कुरा स्थापित गरेको छ ।

 

जनताका अरुपनि प्रतिनिधि छन । प्रदेश सभाका सदस्यरु ,मुख्यमंत्री र संघीय साँसद सबै जना छन तर यो किसिमको पहलकदमी लिने नागरिकलाई केन्द्रमा राखेर संकटको ब्यवस्थापनको नीति लिने त्यो दुरगामी बिचार भएकाहरुको अभाव भने देखियो । महानगर प्रमुख आशाको एउटा केन्द्र चाही बन्न सक्नु भयो ।

 

बरु यसमा राजनीतिक बर्चस्व लिने प्रयास भयो । रामलिला र रासलिला सार्वजनीक गर्ने घोषणा भयो । के यो बेला नागरिक कसैको रासलिलाको रमिते बनेर हेर्न लालायीत छ र ? नागरिकका आफना समस्या छन त्यहा उनीहरुले  आफना प्रतिनिधि खोजेका छन ।

 

आज आफना प्रतिनिधि नपाएका जनताले भोली तिनको रासलिला देखाइदिने अवस्था आउछ त्यो बिषयमा आजै ख्याल गर्नु पर्छ । कसले फेसबुकमा हाल्यो कसले  चलाउछ कसले चलाउदैन आजको महत्वपूर्ण बिषय त यो होइन । आजको बिषय त नागरिक जोगाउने हो ।

 

यो बिषयमा सहकार्य गर्न छाडेर सस्तो लोकप्रियताकालागि राजनीतिक “स्टन्ट” गरिनु किमार्थ बद्धिमतापूर्ण हुदैन ।पछिल्लो पटक पर्साका सबै राजनीतिक दल त्यीनै दलक नेता साँसद ,मेयर मुख्यमंत्री प्रदेश सभासद छन । ति सबैले नारायणी अस्पतालको नेतृत्वमा गण्डक अस्पतालमा कोरोना अस्थायी अस्पताल बनाउन आफनो राय सार्वजनीक रुपमा राखेका छन । यो भन्दा समन्वय र सहकार्य अब के को जरुरी छ ।

 

 

यो प्रस्ताव यो यो कारणले ठिक छैन भनेर भन्ने कोही देखिएको पनि छैन । यस्तो कमन एजेण्डालाई कार्यान्वयन हुन नदिन षडयन्त्र किन हुदैछ ? । गर्तमा बसेर षडयन्त्र गर्नेहरुको कतुर्त त एक दिन पटाक्षेप  हुन्छ नै । नागरिकले आफनो हिसाव त्यतीबेला चुक्ता गर्लान तर नेशनल ट्रेनीङको गोदाम ,रुङगटा वेलफेयरले संचालन गरेको कान अस्पताललाई देखाएर फेरी पनि मध्य तराईका नागरिकलाई समस्यामा पार्ने काम नगरौ यसैमा सबैको हित छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.