logo

संकटमा भरोसायोग्य सारथी बने रहवर, गण्डक अस्पतालमा थप तीन महिना बिरामीको उपचार हुने

      7/27/2020 गते 00 00 मा प्रकाशित     3070   पटक पढिएको

आज भन्दा ३ महिना अगाडि अनेक अडचन, आलोचना र अधिकतम राजनीति बेहोर्दै कोविड १९ को बढदो जोखिम र सम्वेदनशीलतालाई बुझ्दै जब पर्सा, बारा लगयत समग्र २ नम्बर प्रदेशमै सन्त्रासको अवस्था सुरु भयो , हामीले थोरै पनि बिचलित नभईकन समाज र जनताका निमित्त आफुबाट हुनसक्ने अधिकतम सहयोग र सद्भाव देखाउने क्रममा प्रत्यक्ष उदाहरणको रूपमा गण्डक हस्पिटल स्थानीय सरकारलाई सुम्प्यौ।

 

सम्बन्धित र सरोकारवाला निकाय संग न्यूनतम जिम्मेवारी बोध समेत नभएको अवस्थामा, स्वस्फुर्त रूपमा ३ महिनाको लागि आफ्नो स्वामित्वमा रहेको गण्डक अस्पताल स्थानीय सरकारलाई हस्तान्तरण गर्ने अडानमा अडिग रहेर हामी अघि बढयौ।

 

यस विषम र असहज पारिसथितिमा हामीले अग्रभागमा रहेर समाज र राष्ट्रप्रतिको दायित्वलाई निष्ठा र इमान्दारीपूर्वक निर्वहन गर्ने प्रतिबध्दताका साथ थप ३ महिनाका लागि गण्डक अस्पताल स्थानीय सरकारलाई अस्थायी कोविड अस्पतालको रूपमा प्रयोग गर्न दिने निर्णय गरेका छौं र हिजोको जस्तै आज पनि हामी आफ्नो अडानमा प्रतिबद्ध छौ।

 

गण्डक अस्पताल जति बेला हामीले स्थानीय सरकारलाई सुम्प्यौ , त्यस बखत यहाँका सुविधा सम्पन्न अन्य अस्पताल लगायातका स्वास्थ्य संस्था समेतको कुनै चासो र सरोकार नदेखिएको कुरा आम महानगरवासीले नजिकबाट अनुभूत गरेका छन् ।

 

हाम्रो यो सानो प्रयास नितान्त देश, समाज र जनताको हितको लागि हो र यस बाहेक हाम्रो अरु कुनै पनि स्वार्थ नरहेको कुरा प्रष्ट पार्न चहन्छौ। त्यसको प्रत्यक्ष साक्षी हाल सम्म सयौं को संख्यामा गण्डक बाट कोरोना जितेर फर्केका तथा हाल इलाज भै रहेका बिरामी हरु हुन्।

 

 

आज पून: एक पटक जसरी हामीले गण्डक अस्पताल सुम्पेका छौं , त्यसैगरी यस महानगरमा रहेका विभिन्न निजि तथा गैर सरकारी संस्थाहरुबाट पनि स्वस्फूर्त रूपमा यस किसिमको अग्रसरता देखियोस भन्ने हामीले अपेक्षा राखेका छौं ।

 

यो समय हामी सबै सतर्क भएर कोविड १९ को महामारी को नियन्त्रण, रोकथाम र यसका चेकजाचमा तदारुकता गर्ने कर्यमा हाम्रो सामुहिक समर्थ्यता र शक्ति प्रदर्शन गर्ने बेला हो ।

 

यस विकराल अवस्थामा हामीले एक अर्का माथि लान्छना लगाएर बस्यौ भने हामी कोविड १९ को महामारीको जोखिम नियन्त्रण गर्न असफल हुनेछौ र त्यसमा  हामी सबै सामुहिक रूपमा जिम्मेवार हुनेछौ।

यो आलेख अन्सारीको समाजिक संजालबाट लिइएको हो -सम्पादक

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.