logo

कसका कारण आज वीरगंजको यस्तो अवस्था आयो ?ढेर साधु मठ उजाड भनेको यही हो

      8/3/2020 गते 00 00 मा प्रकाशित     1407   पटक पढिएको

शिवनाथ यादव 
वीरगंजमा अहिले नोवेल कोरोना भाईरस ( कोभिड १९ ) समुदाय स्तरमा फैलि सकेको छ । प्रत्येक दिन ५० जना जति संक्रमित भेटिने र २ जना सम्मको मृत्यु भईरहेको छ । त्रासको महौल छ ।

 

पिडाको महौल छ । कोरोनका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि प्रहरी प्रशासन तीन तीन घण्टा समुदायसंग भिडनु पर्ने छ ।

शदगतका लागि पनि शव तीन तीन दिन अस्पतालमै विताउनु पर्ने अवस्था छ । त्यस भन्दा पनि एक अर्कामा दोषारोपण गर्ने तर कोरोनासंगको लडाईका लागि तयारी नगरिएका कारण नेतृत्व प्रति आम मानिसको आक्रोस छ । वीरगंजमा बसेर अहिले वीरगंजको अवस्था हेर्दा सव थोक भएर पनि नभएको जस्तो देखिन्छ ।

 

हुन पनि हो यसो हेर्दा वीरगंजमा के को कमी छ ? प्रदेश २ कै सुविधा सम्पन्न अस्पताहरु छन । देशकै अर्थतन्त्रलाई चलायमान बनाउन क्षमता राख्ने उधोगपति, राष्ट्रिय स्तरको सरकारी अस्पताल । पैसा, पावर, सुविधा सवै थोक छ यहाँ तर । काम लागिरहेको छैन । संक्रमितहरु अस्पताको आईशोलोसनमा स्थान नपाएर घरमै वस्न बाध्य भएका छन । कतिपय बाहिर घुमिरहेका पनि होलान ।

 

आखिर के भएको हो वीरगंजलाई ? यहाँको व्यवस्थापन गर्ने जिम्मेवारी कसको हो । संघिय सरकारको क्षेत्र भित्र पर्देन र ? के प्रदेश सरकारको दायित्व होईन ? भोजपुरीमा एउटा उखान छ  ढेर साधु मठ उजार  यस्तै भएको छ यहाँ । नाम चलेकै उधोगपति वीरगंज महानगरको मेयर, प्रदेश २ का मुख्या मन्त्री यहीका स्थानीय र संघिय सरकारका निर्वाचित नेताज्यूहरु । यहि भएको यहाँ स्थानीय सरकारले प्रदेश र संघिय सरकारलाई आरोप लगाउने, प्रदेश सरकारले संघिय सरकारलाई यति भए पछि संघिय सरकारले यता फर्केर किन हेर्ने ? ।


२०७६ साल चैत्र ३० गते वीरगंजमा ३ जनामा कोरोना भाईरस संक्रमण भेटिएको थियो । त्यो समय देखि नै वीरगंजमा चुनौती छ । यसका लागि तयार रहने कुरा सवैले गरे तयारी भएन । न त गण्डक बाहेकका कोभिड अस्पताल नै बन्न सके न त अरु नै कुनै ठोस काम हुन सक्यो । त्रास विस्तारै बानीमा परिवर्तन हुदै गयो र सरकारहरुको वाचा, बैठक र भाषण ईतिहास बन्दै गयो । एक महिना पछि पुन २०७७ साल वैशाख ३० गते दुई जना पत्रकार सहित ५७ जना कोरोना भाइरसबाट वीरगंजमा संक्रमित भेटिएपछि एकाएक वीरगंज क्षेत्र अझ त्रसित बन्यो ।

 

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा शान्ति सुव्यवस्था कायम गर्न थप कडाइ ग¥यो । धेरै संक्रमण भएका र अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय ग¥यो । फेरी हाम्रा सरकारहरु बैठक र छलफलमा जुटे, तयारी गर्ने वाचा गरे र आफनो काममा लागे । सरकारका नीतिहरु परिवर्तन भए ।

 

क्वारेन्टिमा बसेका बाहेको कोरोना परिक्षण गरिएन । विस्तारै क्वारेन्टिनका व्यतिmहरु कम हुदै गएर र संक्रमितको संख्या पनि कम हुदै गयो । असारको अन्तिम सम्म आउदा वीरगंजमा जम्मा २ जना संक्रमित उपचारमा  थिए र स्थानीय स्तरमा बनाइएका क्वारेन्टिनहरु रितो हुन थालेका थिए ।

 

सरकारहरु पनि कोरोना भन्दा पनि असारे विकासमा लागेका थिए । लकडाउन हटेको थियो । बजारहरु खुलेका थिए । सीमा नाका बन्द गरिए पनि आउने आएकै थिए जाने गएकै थिए । विभिन्न बहानामा ओहोर दोहोर भईरहेको थियो । उता प्रचण्ड र ओलीको ओहोर दोहोर जस्तै । प्रदेश सरकार पनि कोरोनाका लागि अस्पताल भन्दा पनि असारे विकासको अनुगमनमा  लागे । मलाई त के लाग्छ भने असारे विकासका लागि कोरोना नै क्वारेन्टिनमा वस्यो । 

 


साउनको पहिले हप्ताबाट शुृरु भयो कोरोनाका कहानी । सरकारले पैसा तिरेर कोरोना परिक्षण गराउन सक्ने नीति ल्याए पछि वीरगंजमा पनि त्यो सेवा उपलब्ध भयो । काम विशेष र उपचारका लागि राजधानी जानेहरु परिक्षण गराउन गए त्यस पछि पोजेटि केश निस्कन थाले । २/२ गर्दै अहिले सरदर दैनीक ५० जनामा पोजेटिभ देखिएको छ । कोरोना उन्मुख रहेको वीरगंज एकाएक हट स्पोट बनेको छ ।

 

साउन ८ गते एक जना कोरोना संक्रमितको मृत्य भयो त्यस पछि वीरगंजको अवस्था भयावह नै छ । त्यस पछि क्रमश थुनुवा, प्रहरी, अस्पतालका कर्मचारी, सेना , डाँक्टर, पसलवालामा पनि संक्रमण देखियो र लक्षण सहितको । साउन १० गते देखि वीरगंजमा निषेधज्ञा जारी गरी समुदाय स्तरमा परिक्षणको कामलाई अगाडि बढाईयो । अहिले महानगरका नगरप्रमुख, सांसद, पालिका प्रमुख लगायत ५०० जना भन्दा बढीमा संक्रमण देखिएको छ । संक्रमितको संख्या बढे पनि तयारीको अवस्था उस्तै थियो । ५० बेडको गण्डक कोभिड अस्पताल । 


यसरी वीरगंजको अवस्था भयावह भईरहदा पनि यहाका नेतृत्वले नेतृत्व गर्न सकेनन । वीरगंजले अभिभावकीय भुमिकामा कसैलाई पाउन सकेन । स्थिति भयाव हुदाँ सम्म पनि ठोस कदम चालिएन । सीमा नाका बन्दा हुदाँ पनि मानिसहरु कसरी ओहोर दोहोर गरे । कारखाना सम्म भारतीय मजदुर कसरी पुगे ? यसको जवाफ कसले दिने ।

 

प्रदेश २ सरकारले वीरगंजका लागि के गरे । यतिका दिन भईसक्दा सम्म वीरगंजमा सरकारी स्तरको कोरोना विशेष अस्पताल निर्माण किन हुन सकेन ? जवाफ दिने कोही छ ? के अरुलाई लगाउन वितिक्कै आफनो जिम्मेवारी सकियो ? राजधानी प्रवेश गर्नेलाई सडकमै कोरोना परिक्षण गर्न तर वीरगंजको अवस्था यस्तो भईसक्दा पनि चिकित्सक सहितको विशेज्ञ टोली वीरगंज आउन नहुने ?२०७६ साल चैत्र ३० गते पहिलो पटक संक्रमित भेटिदाँ जस्तो तयारी थियो । अहिले पनि अवस्था त्यस्तै छ । विचको समयमा सम्बन्धित निकायले के गरेर वसे ।

 

यहाँका विधायक ज्यू, सांसद ज्यु, पार्टीका वरिष्ठ ज्यूहरु के लागि ? वीरगंज वासीसंग चन्दा लिएर किनिएको मेशिन के का लागि ?एउटा काम हुलाँ जस लिने अनुहार पुस्तिकामा फोटो राख्ने आफना नजिकका संचार माध्यमा समाचार लेखाउने तर हुन नसकेका कामको जिम्मेवारी कसले लिने ? कसका कारण आज वीरगंजको यस्तो अवस्था आयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.