logo

मनोबल उच्च राखे सजिलै कोरोना जितिन्छ

      8/25/2020 गते 00 00 मा प्रकाशित     2399   पटक पढिएको

प्रभाकर गुप्ता 
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट कुनै पनि देश अछुतो रहेन । चिनको हुवान सहरबाट फैलिएको कोरोना भाईरसबाट हाम्रो सुन्दर देश नेपाल पनि बाकी रहेन ।

 

नेपालमा पनि दिन प्रतिदिन कोरोना भाईरसको लक्षण देखिन थाल्यो । यसको रोकथामको एउटै उपाय थियो लकडाउन जुन कि नेपाल सरकारले चैत्र ११ देखी जारी गर्याे । एउटा सभ्य र ईमान्दार नागरीकको हैसियतले घरमै बसी लकडाउनको पालना गरे ।

 

पुरै लकडाउन अवधीभर अतिआवश्यक काम बाहेक बाहिर निस्किन । साउन १० गते काम विशेषले हामी ५ जना साथी भाई काठमाडौ सतर्कताका साथ गयौ । ५ दिनपछि काठमांडौबाट फर्किने बेला २१ घण्टाको लामो जाम र पानीलाई छिछिल्दै १६ गते घर आईपुग्यौ ।

 

अलिकती थकान र जिउ दुख्ने महशुष भयो । तर, केही दिनमा निको पनि भयो । तर, साउन २९ मा मपनि कोरोनाको चपेटामा परे । १२ दिनको होम आइसोलेशन पश्चात सोमबार राति मेरो पीसीआर रिर्पोट नेगेटिभ आएको छ । 

आखिर म कसरी भए संक्रमित ?


पार्टीको एकजना जिम्मेवार नेतालाई कोरोना संग मिल्दो जुल्दो लक्षण देखा पर्न साथ उहाँ  अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भई उपचार गराउने भयो । उहाँले त्यती नै बेला आफनो पिसीआर परिक्षणकालागि स्वाब दिनु भयो ।

 

पि.सि.आर. रिपोर्ट नेगेटीभ आयो र उहाँलाई वीरगंजको एउटा अस्पतालमा सिफ्ट गरियो  । साउन २१ गते उहाँको स्वास्थ्यमा समस्या आएपछि हामी साथी भाई भेट्न गयौ । दाईको खोकी पनी लागातार आईरहने हामी तेही कोठामा बसी गफि रहयौ र अलिकती मैले दाईको मोबाईल पनि चलाएको थिए ।

 

लगतै  तल गएर पानी खाए । दाईलाई हेलिकप्टरबाट थप उपचारको लागि काडमांडौ पठायौ र घर आएपछी तातो पानी र डिटोल साबुनले नुहाए । त्यो रात म छोरी संग सुते । भोली पल्ट दाईको पि.सि.आर. रिपोर्ट पोजेटीभ आएको खबर सुन्नसाथ म बाट परिवार र टोल छिमेकमा संक्रमण नफैलियोस भनेर घर परिवारबाट टाढा हामी सात जना क्वारेन्टिनमा गयौ ।

 

सबैसंगै लुडो खेलेर दिन काटियो । क्वारेन्टाइनको पाचौ दिन २६ गते स्वाब दियौ । ३ दिन पछि नारायणी अस्पतालका मे.सु. डा.मदन उपाध्यायले प्रभाकर जी तपाई लागायत ३ जना साथीको पि.सि.आर. रिपोर्ट पोजेटीभ आएको छ भन्ने जानकारी दिनु भयो  । राती ११ बजे सूचना आए पछि संगै बसेका साथी भाईहरुमा तनाव भयो र त्यो रात देखी हामी छुटा छुटै बस्न थाल्यो । 


आइसोलेसनमा पहिलो दिन


बिभिन्न संचार माध्यमबाट र समाजिक संजालमा खबर प्रकाशित हुनसाथ मेरो आफन्त साथी भाई  तथा मेरो शुभचिन्तकहरु लगायत पार्टीका नेतागण र मेरो संगठनका पुर्व अध्यक्ष तथा बर्तमान कार्यसमिति सबैजनाले फोनको माध्यमबाट स्वास्थ्य स्थिति बुझ्नुका साथै स्वास्थ्य लाभको कामना समेत गर्नु भयोे ।

 

सात दिनको सेल्फ क्वारेन्टाईनको बसाई पछि, घरमै आइसोलेट भएर बसे । आफन्त र छिमेककाहरु टाढैबाट भेटर सहानुभुतीका साथै चाडै निको हुने शुभकामना दिनु हुन्थ्यो  । दैनिकी करिब २०० देखी २५० सम्म फोन आउन थाल्यो । केही साथीहरुले सामाजिक सञ्जालको माध्यमबाट स्वास्थ्य लाभको कामना गरे । साथी भाईहरुको ठुलो माया, प्रेम र सदभावले मेरो मनमा उर्जा थपिएकै थियो । छिटै निको हुने विश्वास पैदा भयो ।  

 


घरमा परिवारसंग करिब ५० मिटरको दूरि कायम हुने गरि म आइसेलेट भएको थिए । श्रीमतीजीले गेटमा खाना  राखि दिन्थिन् । अनुहार मलिनो बनाउदै केही हुदैन बाबा चाडै निको हुनुहुनेछ भन्दै ढाड्स दिन्थिन् । त्यसबेला मैले सम्झे शोषक वर्गले दलित वर्गमाथि कति अत्याचार गरेका छन् । उनीहरुलाई कति पीडा हुदो होला जब उनीहरुले छोएको पानी पनि कथित उच्च जातिले खादैनन् ।

 

 

यसैगरि समाजमा रहेको रुढीवादी चिन्तनले राजस्वला हुने महिलालाई अछुत झै व्यवहार गर्छन् । कतिपय ठाउमा छाउगोठ नै निर्माण गरिएका छन् । महिलाको प्राकृत्तिक बनावटकै आधारमा हुने शारिरीक परिवर्तनले रुढीवादी चिन्तन र सोचले कति विभेद गरेको छ । 


खानपिन र व्ययाम


साथीभाईहरुको सल्लाहमा शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मैले हर एक प्रयास गरे । दैनिक टाईम टेबल बनाए । त्यस अनुरुप नै मैलै आफ्नो दैनिकी चलाए । चिकित्सक तथा स्वास्थ्यकर्मी साथीहरुको सल्लाहमा खान पिन र औषधी सेवन गरि रहे ।


दैनिक जिवनमा परिवर्तन


यसअघि प्राय ७–८ बजे उठने मान्छे ५ बजे उठी नित्यकर्म गरी आफ्नो कोठामा कुचो लगाउने देखी लिएर सरसफाई गर्ने बानी बसाले ।

 

६ः०० बजे हल्का व्यायम गरेर बेसार र तातो पानी खाने, त्यस पछी हल्का खाजा खाने र भिटामिन ट्याब्लेट  । नुहाई धोवाई गरिसकेपछी आफुले लगाएको कपडा धोई कोठामै सुकाउथे । खाना पत्तामा राखेर खान्थे । खाई सकेपछि पता कोठामै जलाई दिन्थे ।

 

त्यस पछि फेरी औषधी खानु र हल्का आराम गरी केही पढ्ने र लेख्ने बानी बसाले । दिउसोको खाजा खाई सकेपछी हल्का फेरी आराम गर्ने र रातीको खाना खाएर १०ः०० बजे सम्म सुत्थे । यसरी नै मेरो १४ दिन होम आईसोलेशन बिताए  । 


संक्रमितलाई हौसला प्रदान


म कोरोना संक्रमित भईसकेपछी विभिन्न संक्रमित साथीभाईहरु म संग जोडिने प्रयास गर्नु भयो । आफनो पीडा  र भोगाई म संग साटा साट गनुृ भयो  ।

 

त्यति खेर मैले एउटा प्रण पनि गरे कि मैले हार मान्नु हुदैन् । र म जस्तै संक्रमित भएकाहरुको मनोबल बढाउने प्रयास गर्छु । त्यसका लागि मैले सामाजिक सञ्जालको सहयोग लिएर जनचेतना फैलाउने काम गरे ।

 

अनुभव साटा साट गर्ने क्रममा कतिपय संक्रमित कोरोनाको डर र त्रासले आधा गलेका थिए । मनमा डर पैदा भएको थियो । समाजमा पनि संक्रमित र परिवारलाई हेला गर्ने गरिएको छ । 

 


आर्थिक क्षेत्रमा परेका प्रभाव ः
नोवेल कोरोनाले जसरी विश्वब्यापी रुपमा आफनो पकड जमाउन सफल भएको छ । ठिक त्यसको विपरित अर्थतन्त्रमा ठुलो गिरावट तथा मन्दी छाएको छ । सबै उधोग कलकारखाना बन्द परेको छ उत्पादन ठप्प छ । आयात निर्यात बन्द परेको छ । त्यसकारण अर्थतन्त्रको समस्या सानो मुलुकलाई भएको छ । तर कोरोनाले ब्यापार ब्यवसायमा एउटा सकारात्मक पक्षमा सिकाएको छ । उधारो को कारोबार टोटली बन्द गरी नगदको ब्यापार गर्न सिकाएको छ ।


अन्तमा
म संक्रमणबाट मुक्त भइसकेपछी समाजमा परेको यसको नाकारात्मक पक्षलाई सचेतनाको माध्यमबाट होस या स्थानीय प्रहरी प्रशासन र वडा संग सहकार्य गरी ति तमाम संक्रमित आमा,बुवाको  घाउमा मलहम लगाउने अभियानमा जुटने छु ।

 

– लेखक अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् ।                                             

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.