logo

पोखरिया नगरपालिका निर्माणको ऐतिहासिक पृष्टभूमी,बनाउनेलाई चिन्ता छ 

      5/4/2021 गते 00 00 मा प्रकाशित     1719   पटक पढिएको

पोखरिया नगरपालिका पर्सा जिल्लाको मध्यभागमा एउटा शुद्ध ग्रामीण भेगको एउटा आकर्षण केन्द्र बिन्दुको रुपमा अवस्थित देखिन्छ। बिभिन्न कालखण्डमा राजनीतिक परिवर्तन हुदै गयो, त्यति त्यति बेला पोखरियाको नाम पनि परिवर्तन हुदै गयो।

 

पंचायत ब्यवस्थामा गाँउ पंचायत, प्रजातांत्ररिक व्यवस्थामा गा.वि.स. त्यस्तै संघीय लोकतांत्रीक ब्यवस्थामा पोखरिया नगरपालिकाको नामले चिनिन्छ। तर पोखरिया नगरपालिकाको स्वरुप दिनको निम्ति २०४० साल जबकी त्यति बेला पंचायती ब्यवस्था नै थियो।त्यति बेला पोखरिया गाँउ पंचायतको तत्कालीन् पदाधिकारीहरुबाट  सक्रिय भूमिका निर्वाह भएको  कुरा हामी सम्पुर्णमा सर्ब बिदितै छ ।

 

तत्कालिन पदाधिकारीहरु मध्ये स्व.श्री मुक्तिनारायण प्रसाद चौहान, स्व. श्री रामअयोध्या प्रसाद रौनीयार, स्व. श्री शिहृयान गिरी, स्व.श्री धरिछन राउत कुर्मी,  श्री बद्री प्रसाद चौरसिया,  श्री गोरख प्रसाद कानु, जिल्ला पंचायतको सभापति फजिल अहम्द, प्रशासक फुलेना प्रसाद कुर्मी, यी सम्पुर्ण ब्यक्तित्वहरुको अगुवाईमा र सक्रियतामा ५० पचास बिगाह जग्गा अधिग्रहण  भई आएको कुरा सर्ब बिदितै छ।

 

त्यति बेला २०४० साल देखि २०४६ साल सम्म  प्रत्येक साल को पौष १४ गते स्व. राजा श्री बीरेन्द्र शाहको जन्मदिनमा पोखरियामा कृषि मेला धुमधाम संग लाग्थ्यो । त्यस पछाडी समय परिवर्तन साथ साथै( पदाधिकारीहरुको परिवर्तन हुदै गयो। पोखरिया नगर बिकाश समिति समेत खडा भयो। कार्यालयको स्थापना भयो, आ आफ्ना कार्यकालमा केही केही कामकार्यवाहि अगाडि बढदै गयो।

 

त्यसै बेलामा पोखरिया नगरपालिका भित्रका सम्पुर्ण जिम्मेबार राजनीतिज्ञ व्यक्तिवहरुको अगुवाईमा र केही प्रशासकीय व्यक्तित्वहरु, यूवा समाज, व्यापरी वर्ग, समेतको सक्रियतामा पोखरिया नगरपालिका कायम होस भने एउटा संघर्ष समिति स्थापना भयो। त्यो संघर्ष समिति अन्तर्गत  संबिधान सभा सदस्य प्रधुमन प्रसाद चौहान, रामेश्वर प्रसाद रौनियार जसपा पार्टी नेता नेजामुदीन समानी, पूर्व गा.वि.स. अध्यक्ष शंकर प्रसाद यादव, रामबच्चन मुखिया, योगेन्द्र प्रसाद कुर्मी, मिताराम कुर्मी, विश्वनाथ साह तेली,  हरिनारायण प्रसाद रौनियार, समाज सेवी योगानन्द प्रसाद चौहान, दिनेश प्रसाद चौहान, शिक्षक भरत गिरी , समाज सेवी रुपनारायण गिरी, कृषि बिज्ञ खलिल मियाँ, भुतपुर्व प्रशासक एसएसपी सदानन्द प्रसाद कुर्मी, समाज सेवी मुकेश प्रसाद कुर्मी, शिक्षक मनोज प्रसाद कुर्मी, समाज सेवी प्रमोद गिरी, समजसेवी शुरेस प्रसाद हजरा, समाजसेवी विन्द्धयांचल ठाकुर, यूवा नेता भगवान दास तत्वा, रेडक्रस सभापति श्री भगवान प्रसाद कुर्मी, स्वास्थ कर्मी बृजेश दुबेद्धी, संतोष चौहान, सुजित गिरी, नौसाद आलम, योगेन्द्र प्रसाद रौनियार , कांग्रेसी नेता श्री किशुन प्रसाद चौहान, सकिम मियाँ, पोखरिया बजारका ब्यापारी बर्गहरु, बर्तमान पर्सा प्रदेश सभा सदस्य माननीय प्रहलाद गिरी इत्यादी समेत को सक्रिय अगुवाईमा पर्सा जिल्लाको सीडिओ कार्यालय देखी काठमाण्डौं सम्मको डेलिगेशनमा सहभागी भई नगरपालिकाको घोषणा गराएर नै छाडेको कुरा सत्य तथ्य हामी सबै मा सर्ब बिदितै छ। जो ब्यक्ति यस अभियानमा जुटेकै छैनन, भित्र भित्रै बिरुद्ध मै थियो। त्यस्ता ब्यक्ति बिशेषहरु नै यस पोखरिया नगरपालिकाको बिकाश र समृद्धि तर्फ उन्मुख नहुनुको कारक तत्वहरु यिनै हुन। जो हामी देख्दैछौ र भोग्दैछौ ।यस्ता क्रियाकलाप प्रति  दुख लाग्दछ । 

(लेखक संबिधान सभाका सदस्य तथा नेकपा एमालेका नेता हुुनुहुन्छ)

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.