बीरगंज । बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमामा लिएको छ ।
नियन्त्रणमा लिएको ट्रक र त्यसमा भएको सामानको मूल्य ६१ लाख ४१ हजार ६२ रुपैया बराबर रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।
हार्डवेयर सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डबाट ना.३ ख ७९१० नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा विल बिजक नै शंकास्पद देखिए पछि ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको ट्रक र सामान आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया