logo

सुनकोशी मरिन डाइभर्सनकालागि एक अर्व चालीस करोड निकासा

 इसीमाना सम्बाददाता      २०८१ जेठ २७ गते १३: २३ मा प्रकाशित     462   पटक पढिएको

काठमाडौं । अर्थ मन्त्रालयले सुनकोशी मरिन डाइभर्सनलाई नपुग भएको रकम १ अर्ब ४० करोड ५ लाख ९४ हजार रुपैयाँ थप बजेट निकासा गरेको छ । बिभिन्न शिक्र्षकका योजनाहरुकालागि गत वैशाखमा मंत्रालयले २ अर्ब ८३ करोड ९६ लाख ४६ हजार रुपैयाँ थप बजेट निकासा गरेको हो ।

सङ्घीय संसदलाई ४ करोड ४६ लाख, तीनै तहका अदालतकालागि १ करोड १५ लाख रुपैयाँ निकासा गरिएको छ ।

कारागार व्यवस्थापन विभाग अन्त्रगतका कार्यालयहरूका लागि कैदी बन्दीको सिधा र औषधी उपचारका लागि ३४ करोड ७९ लाख , नेपाल प्रहरीका कर्मचारीलाई खाद्यान्न, तलब भत्ता र पेन्सनका लागि अपुग भएको ३४ करोड रुपैयाँ गृह मन्त्रालयलाई निकासा गरिएको छ ।

इलामा २ को प्रतिनिधि सभा निर्वाचन र बझाङ १ को प्रदेशसभा उपनिर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयलाई १ करोड ९६ लाख ७६ हजार रुपैयाँ निकासा गरेको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका कर्मचारी इन्जिनियर बेल बहादुर नेपालीको निलम्बन अवधिको तलब भत्ता भुक्तानीका लागि १० लाख ३७ हजार रुपैयाँ थप बजेट निकासा गरिएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

नागरिकता नियमावली राजपत्रमा प्रकाशन पछि आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ ।  नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको नामबाट २ हजार ९ सय ४८ जनाले नागरिकता लिएका छन् । नयाँ नियमावली जारी भएपछि हालसम्म नयाँ व्यवस्थाअनुसार उनीहरुले नागरिकता प्राप्त गरेको गृह मन्त्रालयले जनाएको छ ।

ठक्कर दिएर भाग्न खोज्दा भारतीय गाडीमा आगलागी

हरिवन । सर्लाहीको लालबन्दी नगरपालिका–६, महेन्द्र राजमार्गको कालिन्जोर पुलमा दुईवटा गाडी एक आपसामा  ठोक्किँदा एउटा भारतीय कारमा आगलागी भएको छ ।

खेलकुद

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.