logo

श्री भवानी हस्पिटल बीरगंजद्वारा कोभिड महामारी बिरुद्धका योद्दाहरु  सम्मानीत 

 इसीमाना सम्वाददाता     २०७८ सावन ३१ गते ११: ०२ मा प्रकाशित     1147   पटक पढिएको

वीरगन्जको भवानी हस्पिटल एण्ड रिसर्च सेण्टरले कोरोना महामारीमा अस्पतालमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु तथा स्वास्थ्य समाग्री आपूर्तिकर्ताहरुलाई सम्मान गरेको छ ।

 

कोरोना महामारीमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई होटल भिस्वामा आयोजित भव्य कार्यक्रममा “कोभिड महामारी योद्दा”को रुपमा सम्मान गरिएको हो  ।

 

कोरोना संक्रमणको महामारीमा पनि आफ्नो ज्यानको प्रवाह नगरि निरन्तर कोभिड संक्रमितको उपचारमा खटिएका तथा अन्य बिरामीको उपचारमा खटिएका डाक्टर, नर्स, पारामेडिकल तथा कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने र कार्यक्रमका सभापति एवं हस्पिटलका प्रवन्ध निर्देशक रामराज श्रेष्ठले सम्मान गर्नुभएको हो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछानेले भवानी अस्पतालले कोरोना महामारीमा खटिएका अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सम्मान गरेर मनोबल उच्च बनाएको बताउनुभयो ।

 

उहाँले हस्पिटलको सम्मानपछि डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुमा देखिएको उत्साह र मनोबलले तेश्रो भेरियण्ट आएपनि सहजै परास्त गर्न सकिने उर्जा थपिएको बताउनुभयो ।

 

कार्यक्रमका सभापति एवंं हस्पिटलका प्रवन्ध निर्देशक रामराज श्रेष्ठले कोरोना संक्रमणको महामारीमा पनि ज्यान जोखिममा राखेर अत्यन्त सक्रिय भई बिरामीहरुको उपचारमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनका लागि सम्मान गरिएको बताउनुभयो ।

 

कार्यक्रममा मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर भरत गोईत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका प्रदेश २ इन्चार्ज निरज पिठाकोटे मगर, व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलिपराज कार्की, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई, डाक्टर अफरोज हुसैन, मधु अक्सिजनका संचालक रामबाबु रौनियार लगायतले शुभकामना मन्तव्य व्यत्त गरेका थिए । कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासन प्रमुख सुनिल गुप्ताले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.